News Portal

  • सहकारी कर्मचारीलाई घरमै अपमान गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

    १७४ पटक

    मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला लगाई दुर्व्यवहार गरेको घटनामा मोरङ प्रहरीले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु (४२) र माया मगर (३३) ले अपमानजनक व्यवहार गरेका हुन्।

    प्रहरीका अनुसार किस्ता असुल्न कर्मचारीहरू घर पुगेका बेला उनीहरूलाई गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएको हो। दुर्गामायाले उक्त घटनाको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन्, जुन पछि हटाइएको छ।

    घटनामा सुशीला लामिछानेमाथि कुर्सीमै बसेको अवस्थामा जुत्ताको माला लगाइएको देखिन्छ भने प्रमुख राईलाई लछारछार गर्ने प्रयाससमेत भएको भिडियोमा खुलेको छ।

    ‘किस्ता बुझाउन पटक–पटक ताकेता गर्दा घरमा बोलाएर यस्तो घटना भएको हो,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी चुँडालले बताइन्, ‘उनीहरूलाई पक्राउ गर्न प्रहरीले खोजी जारी राखेको छ।’

    दुवै जना मोबाइल अफ गरेर फरार रहेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...