News Portal

सहकारी कर्मचारीलाई घरमै अपमान गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

२४० पटक

मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला लगाई दुर्व्यवहार गरेको घटनामा मोरङ प्रहरीले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु (४२) र माया मगर (३३) ले अपमानजनक व्यवहार गरेका हुन्।

प्रहरीका अनुसार किस्ता असुल्न कर्मचारीहरू घर पुगेका बेला उनीहरूलाई गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएको हो। दुर्गामायाले उक्त घटनाको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन्, जुन पछि हटाइएको छ।

घटनामा सुशीला लामिछानेमाथि कुर्सीमै बसेको अवस्थामा जुत्ताको माला लगाइएको देखिन्छ भने प्रमुख राईलाई लछारछार गर्ने प्रयाससमेत भएको भिडियोमा खुलेको छ।

‘किस्ता बुझाउन पटक–पटक ताकेता गर्दा घरमा बोलाएर यस्तो घटना भएको हो,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी चुँडालले बताइन्, ‘उनीहरूलाई पक्राउ गर्न प्रहरीले खोजी जारी राखेको छ।’

दुवै जना मोबाइल अफ गरेर फरार रहेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...