News Portal

सर्लाहीमा सडक खन्ने क्रममा बनाएको खाल्डोले बालकको मृत्यु

२१३ पटक

सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक बेपत्ता भएका थिए।

परिवार र स्थानीयले खोजी जारी राख्दा राति करिब ११ बजेतिर सुशान्त घरबाट करिब पाँचसय मिटर दक्षिणपूर्वमा रहेको सडक निर्माणस्थलमा मृत फेला परेका हुन्। जेसिभीले खनेको खाल्डोमा पानी जमेको र त्यहीँ डुबेर ज्यान गएको प्रारम्भिक अनुमान छ।

मृतक बालक हरिपुर–१ निवासी दिनेश यादवका छोरा हुन्। यस दुःखद घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...