News Portal

  • मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    २०८ पटक

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार चलाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुराकीका आधारमा अपरेशन सञ्चालन गर्दै गिरोहका पाँच सदस्यलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट करिब १३ लाख रुपैयाँ बराबरका नक्कली नोट, ३० किलोभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद भएका छन् ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले मिडियाजस्तो मर्यादित क्षेत्रमा आपराधिक काम लुकाएर यस्ता गैरकानुनी धन्दा चलाउनु गम्भीर चुनौती भएको बताए । शाहीका अनुसार यो एक संगठित गिरोह हो र थप अनुसन्धान जारी छ ।

    गोप्य सूचनाका आधारमा सुरु गरिएको अपरेशन अन्तर्गत सोमबार वीरेन्द्रनगर नगरपालिका–१० शान्तिटोलबाट २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई प्रहरीले ६ हजार नक्कली नोटसहित समातेको थियो । उनका आधारमा प्रहरीले जाजरकोट कुशे गाउँपालिका–५ स्थित राम बहादुर सिंहको डेरामा छापा मार्दा थप १२ लाख ३६ हजार नक्कली नोट बरामद भएको छ ।

    यस्तै अनुसन्धानकै क्रममा कुशे गाउँपालिका–७ का कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोभन्दा बढी अफिम जस्तो पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    यसपछि प्रहरी टोली बाँकेको कोहलपुर पुगेर ‘जनगर्जन नेटवर्क प्रा.लि.’ नामक मिडिया हाउसको कार्यालयमै छापा मार्दा नक्कली नोट छाप्ने उपकरणसहित कारखाना जस्तै प्रणाली भेटिएको हो । मिडिया हाउसका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस कार्यालयबाट प्रहरीले थप ५१ हजार नक्कली नोट, १९ किलो बढी अफिम जस्तो पदार्थ र प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका सामाग्री समेत बरामद गरेको छ ।

    पक्राउ परेकाहरूमाथि खोटा मुद्रा तथा लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

     

    पक्राउ परेका व्यक्ति:

    १. दिलमाया सिंह ठकुरी (२२), जाजरकोट

    २. राम बहादुर सिंह (३३), जाजरकोट

    ३. कृष्ण बहादुर वली (३५), जाजरकोट

    ४. प्रेम बहादुर वि.क. (३८), जाजरकोट

    ५. मन बहादुर सहकारी (३४), कालिकोट (जनगर्जन नेटवर्क प्रा.लि.का सञ्चालक)

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...