News Portal

मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

३६५ पटक

सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार चलाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुराकीका आधारमा अपरेशन सञ्चालन गर्दै गिरोहका पाँच सदस्यलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट करिब १३ लाख रुपैयाँ बराबरका नक्कली नोट, ३० किलोभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद भएका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले मिडियाजस्तो मर्यादित क्षेत्रमा आपराधिक काम लुकाएर यस्ता गैरकानुनी धन्दा चलाउनु गम्भीर चुनौती भएको बताए । शाहीका अनुसार यो एक संगठित गिरोह हो र थप अनुसन्धान जारी छ ।

गोप्य सूचनाका आधारमा सुरु गरिएको अपरेशन अन्तर्गत सोमबार वीरेन्द्रनगर नगरपालिका–१० शान्तिटोलबाट २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई प्रहरीले ६ हजार नक्कली नोटसहित समातेको थियो । उनका आधारमा प्रहरीले जाजरकोट कुशे गाउँपालिका–५ स्थित राम बहादुर सिंहको डेरामा छापा मार्दा थप १२ लाख ३६ हजार नक्कली नोट बरामद भएको छ ।

यस्तै अनुसन्धानकै क्रममा कुशे गाउँपालिका–७ का कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोभन्दा बढी अफिम जस्तो पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसपछि प्रहरी टोली बाँकेको कोहलपुर पुगेर ‘जनगर्जन नेटवर्क प्रा.लि.’ नामक मिडिया हाउसको कार्यालयमै छापा मार्दा नक्कली नोट छाप्ने उपकरणसहित कारखाना जस्तै प्रणाली भेटिएको हो । मिडिया हाउसका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस कार्यालयबाट प्रहरीले थप ५१ हजार नक्कली नोट, १९ किलो बढी अफिम जस्तो पदार्थ र प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका सामाग्री समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि खोटा मुद्रा तथा लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

पक्राउ परेका व्यक्ति:

१. दिलमाया सिंह ठकुरी (२२), जाजरकोट

२. राम बहादुर सिंह (३३), जाजरकोट

३. कृष्ण बहादुर वली (३५), जाजरकोट

४. प्रेम बहादुर वि.क. (३८), जाजरकोट

५. मन बहादुर सहकारी (३४), कालिकोट (जनगर्जन नेटवर्क प्रा.लि.का सञ्चालक)

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...