News Portal

नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

२२० पटक

काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले नडराई ढुक्कसँग लगानी गर्न सक्ने वातारण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा मङ्गलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले लगानीका लागि आउने जो–कोहीलाई सहज प्रक्रिया र सरल प्रणालीमार्फत अवसर दिनुपर्ने बताए। उनले लगानीकर्तालाई अनावश्यक झन्झट र अप्ठ्यारो पार्ने काम कहिल्यै सरकारले गर्नु नहुने स्पष्ट पारे।

‘आज हामीले उत्पादन गरेको विद्युत् आफै खपत गर्न र त्यसलाई व्यापारिक रुपमा व्यवस्थापन गर्न सरकारको दायित्व हो,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य छ।’

उनले हालै जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोकिएको विषयमा आपत्ति जनाउँदै धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। ‘आईपीओ रोक्नु उचित होइन, बोर्डले चाँडै समाधान गर्छ भन्ने जानकारी आएको छ,’ देउवाले बताए।

ऊर्जा क्षेत्र नेपाललाई प्रकृतिले दिएको ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले हरित ऊर्जामा अझ बढी ध्यान दिन सरकार र निजी क्षेत्रलाई आग्रह गरे।

नेपालको समग्र आर्थिक र सामाजिक विकास पछाडि रहेको निजीकरण र उदार अर्थनीतिलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सभापति देउवाले जोड दिए। उनले नीति कार्यान्वयनका क्रममा भएका कमजोरी सच्याएर निजी क्षेत्रलाई अझ उत्साहित पार्नुपर्ने धारणा राखे।

उनका अनुसार निजी क्षेत्रको सक्रियताका कारण आज मुलुक लोडसेडिङमुक्त भएको छ, जुन सुखद उपलब्धि हो। ‘उत्पादनमा निजी क्षेत्रको योगदान निरन्तर बढ्दै गएको छ, यसलाई अझ मजबुत पार्न सरकार सकारात्मक रहनुपर्छ,’ देउवाले भने।

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...