News Portal

नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

१७६ पटक

काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले नडराई ढुक्कसँग लगानी गर्न सक्ने वातारण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा मङ्गलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले लगानीका लागि आउने जो–कोहीलाई सहज प्रक्रिया र सरल प्रणालीमार्फत अवसर दिनुपर्ने बताए। उनले लगानीकर्तालाई अनावश्यक झन्झट र अप्ठ्यारो पार्ने काम कहिल्यै सरकारले गर्नु नहुने स्पष्ट पारे।

‘आज हामीले उत्पादन गरेको विद्युत् आफै खपत गर्न र त्यसलाई व्यापारिक रुपमा व्यवस्थापन गर्न सरकारको दायित्व हो,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य छ।’

उनले हालै जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोकिएको विषयमा आपत्ति जनाउँदै धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। ‘आईपीओ रोक्नु उचित होइन, बोर्डले चाँडै समाधान गर्छ भन्ने जानकारी आएको छ,’ देउवाले बताए।

ऊर्जा क्षेत्र नेपाललाई प्रकृतिले दिएको ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले हरित ऊर्जामा अझ बढी ध्यान दिन सरकार र निजी क्षेत्रलाई आग्रह गरे।

नेपालको समग्र आर्थिक र सामाजिक विकास पछाडि रहेको निजीकरण र उदार अर्थनीतिलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सभापति देउवाले जोड दिए। उनले नीति कार्यान्वयनका क्रममा भएका कमजोरी सच्याएर निजी क्षेत्रलाई अझ उत्साहित पार्नुपर्ने धारणा राखे।

उनका अनुसार निजी क्षेत्रको सक्रियताका कारण आज मुलुक लोडसेडिङमुक्त भएको छ, जुन सुखद उपलब्धि हो। ‘उत्पादनमा निजी क्षेत्रको योगदान निरन्तर बढ्दै गएको छ, यसलाई अझ मजबुत पार्न सरकार सकारात्मक रहनुपर्छ,’ देउवाले भने।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...