News Portal

रंगेली बचतले श्रीमद्भागवत लगाएर खरिद गरिएकाे एम्बुलेन्स रंगेलीका जनताले सदुपयोग गर्न नपाएको गुनासो

हिमाली संचार संवाददाता
५९१ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा संन्चालित एम्बुलेन्स धनपालथान स्थित कदमाहाबाट संन्चालन भएको पाईएकाे छ । २०६७ सालमा रंगेली बचतले रंगेली बासि तथा साधारण सदस्यहरुलाई शुलभ र सस्तो गर्ने उद्श्यले श्रीमद्भागवत पुराणकाे अायाेजना गरियाे।

एम्बुलेन्स खरिदका लागि भन्दै रंगेली बासि तथा अासपासका सर्वसाधारणहरुकाे सहयोगमा एम्बुलेन्स समेत खरिद भयाे केही बर्ष रंगेली बासीले सेवा समेत पाए । तर बिगत ५ महिना देखि उक्त एम्बुलेन्स अहिले कदमाहाका स्थानीय युवालाई एम्बुलेन्स जिम्मा लागएपछि रंगेली वासीकाे सहयोगमा खरिद गरिएको एम्बुलेन्स अहिले रंगेलीमा संन्चालन भएको छैन । रंगेली संन्चालनमा नअाउदा गरिव घरपरिवारका सर्वसाधारणहरु महगाे रकम खर्च गरेर बिरामी लिएर उपचार गराउन जान बाध्य रहेका छन ।

यता रंगेली वचत तथा ऋिण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद मेहताले भने एम्बुलेन्सकाे कारणले गर्दा संस्थालाई घाटा मात्रै लागेकाे र रंगेलीका काेहि व्यक्तिहरुले समेत साे एम्बुलेन्स संन्चालन नगरेका कारण अरुलाई संन्चालन गर्ने जिम्मा लगाईएकाे बताए ।

यहाँका सर्वसाधारणहरुलाई एम्बुलेन्स चहिएमा तुरुन्तै अाउने बताए । तर रंगेली देखि कदमहा १० किलोमिटरकाे दुरीमा रहेको छ । काेहि बिरामी भए उक्त एम्बुलेन्सकाे परखाईमा रंगेली बासि तथा शेयर सदस्य बस्छन या अरु नै बिकल्प खाेज्छन ? रंगेली बासिन्दाकाे लागि भन्दै खरिद गरिएको एम्बुलेन्स के यहाँका सर्वसाधारणले उपयोग नपाउने ? यस बिषयमा रंगेली बचतका प्रतिनिधि तथा शेयर सदस्य तथा सदस्यहरुकाे ध्यान जानू जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...