News Portal

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

२९७ पटक

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे प्रहरीले अपरेशन सञ्चालन गरेको हो।

पक्राउ परेका मध्ये घरधनी महर्जनसहित १० जना फरक–फरक ठाउँका रहेका छन्। प्रहरीका अनुसार ईमाडोलका ४८ वर्षीय रविन्द्र दहाल, ललितपुर–८ का ४७ वर्षीय शंखर माली, ललितपुर–११ का ६९ वर्षीय चौठीमुनी बज्राचार्य, खोटाङ घर भई हाल एकान्तकुना बस्दै आएका २२ वर्षीय पुर्वा शेर्पा, भैसेपाटीका ३६ वर्षीय कल्याण तामाङ, काभ्रे घर भई गोकर्णेश्वर बस्ने ४५ वर्षीय केशव नेपाल पक्राउ परेका छन्।

त्यसैगरी चितवन घर भई हाल ग्वार्को बस्दै आएका ५० वर्षीय वीर बहादुर वाईवा, वडा नं. ११ का ५६ वर्षीय दिलेक बज्राचार्य, गोकर्णेश्वरका ५१ वर्षीय गोकुलप्रसाद चौलागाई र बूढानीलकण्ठका ४८ वर्षीय लक्ष्मी सुब्बा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार जुवाडेहरू सामुन्ने नगद राखेर हारजित गर्ने गरी कौडा खेलिरहेका थिए। घटनास्थलबाट पाँच लाख १९ हजार ९ सय रुपैयाँसहित कौडा पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...