News Portal

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

३८८ पटक

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे प्रहरीले अपरेशन सञ्चालन गरेको हो।

पक्राउ परेका मध्ये घरधनी महर्जनसहित १० जना फरक–फरक ठाउँका रहेका छन्। प्रहरीका अनुसार ईमाडोलका ४८ वर्षीय रविन्द्र दहाल, ललितपुर–८ का ४७ वर्षीय शंखर माली, ललितपुर–११ का ६९ वर्षीय चौठीमुनी बज्राचार्य, खोटाङ घर भई हाल एकान्तकुना बस्दै आएका २२ वर्षीय पुर्वा शेर्पा, भैसेपाटीका ३६ वर्षीय कल्याण तामाङ, काभ्रे घर भई गोकर्णेश्वर बस्ने ४५ वर्षीय केशव नेपाल पक्राउ परेका छन्।

त्यसैगरी चितवन घर भई हाल ग्वार्को बस्दै आएका ५० वर्षीय वीर बहादुर वाईवा, वडा नं. ११ का ५६ वर्षीय दिलेक बज्राचार्य, गोकर्णेश्वरका ५१ वर्षीय गोकुलप्रसाद चौलागाई र बूढानीलकण्ठका ४८ वर्षीय लक्ष्मी सुब्बा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार जुवाडेहरू सामुन्ने नगद राखेर हारजित गर्ने गरी कौडा खेलिरहेका थिए। घटनास्थलबाट पाँच लाख १९ हजार ९ सय रुपैयाँसहित कौडा पनि बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...