News Portal

रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

४४४ पटक

रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ। सो क्षेत्रमा झुन्डिएर, विष सेवन, पानीमा डुबेर, सवारी दुर्घटना तथा अन्य विभिन्न कारणहरूले एक वर्षको अवधिमा १२६ जनाको मृत्यु भएको हो। पछिल्लो समयमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

मानसिक स्वास्थ्य समस्या, आर्थिक अवस्था, व्यापार, समाज र पारिवारिक सम्बन्धमा हुने मनमुटाव, बेरोजगारी, किशोर अवस्थामा लागूपदार्थ सेवन तथा दीर्घकालीन रोग र पारिवारिक कलह जस्ता कारणहरूले आत्महत्याको दर बढ्दै गएको र हाल करिब ९० प्रतिशत आत्महत्या गर्नेहरू यस्ता समस्याबाट ग्रस्त रहेको रंगेली अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव कार्कीले बताए।

रंगेली प्रहरीको तथ्याङ्क अनुसार रंगेलीमा पानीमा डुबेर, झुन्डिएर, सवारी दुर्घटना, विष सेवन तथा अन्य कारणहरूले एक वर्षको अवधिमा ३७ जनाको मृत्यु भएको छ। यस्तै घटनाबाट सुनवर्षी नगरपालिकामा ३० जना, धनपालथानमा २२ जना र रतुवामाई नगरपालिकामा ३७ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ। चारवटै पालिकामा गरी जम्मा १२६ जनाको अकालमै मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...