News Portal

रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

३१८ पटक

रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ। सो क्षेत्रमा झुन्डिएर, विष सेवन, पानीमा डुबेर, सवारी दुर्घटना तथा अन्य विभिन्न कारणहरूले एक वर्षको अवधिमा १२६ जनाको मृत्यु भएको हो। पछिल्लो समयमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

मानसिक स्वास्थ्य समस्या, आर्थिक अवस्था, व्यापार, समाज र पारिवारिक सम्बन्धमा हुने मनमुटाव, बेरोजगारी, किशोर अवस्थामा लागूपदार्थ सेवन तथा दीर्घकालीन रोग र पारिवारिक कलह जस्ता कारणहरूले आत्महत्याको दर बढ्दै गएको र हाल करिब ९० प्रतिशत आत्महत्या गर्नेहरू यस्ता समस्याबाट ग्रस्त रहेको रंगेली अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव कार्कीले बताए।

रंगेली प्रहरीको तथ्याङ्क अनुसार रंगेलीमा पानीमा डुबेर, झुन्डिएर, सवारी दुर्घटना, विष सेवन तथा अन्य कारणहरूले एक वर्षको अवधिमा ३७ जनाको मृत्यु भएको छ। यस्तै घटनाबाट सुनवर्षी नगरपालिकामा ३० जना, धनपालथानमा २२ जना र रतुवामाई नगरपालिकामा ३७ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ। चारवटै पालिकामा गरी जम्मा १२६ जनाको अकालमै मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...