News Portal

बानेश्वरमा निषेधित क्षेत्र मिच्ने प्रयास, नेविसंघका १० कार्यकर्ता पक्राउ

१८४ पटक

काठमाडौं, असार ३० – शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ता आइतबार बिहान बानेश्वर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल कमर्स क्याम्पसको अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडफोड गर्ने प्रयास भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीको उचित प्रतिनिधित्व बिना सिनेट बैठक स्वीकृत हुन नहुने र क्याम्पसहरूमा शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने माग राख्दै नेविसंघका विभिन्न क्याम्पस इकाइहरूले आन्दोलन चर्काएका हुन्। विरोधलाई नियन्त्रणमा लिन मीनभवन आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

यसअघि नै कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयासमा संलग्न ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले निषेधित क्षेत्र उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने गतिविधि कडाइका साथ नियन्त्रणमा लिइने चेतावनी दिए

लको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...