News Portal

बानेश्वरमा निषेधित क्षेत्र मिच्ने प्रयास, नेविसंघका १० कार्यकर्ता पक्राउ

३२० पटक

काठमाडौं, असार ३० – शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ता आइतबार बिहान बानेश्वर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल कमर्स क्याम्पसको अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडफोड गर्ने प्रयास भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीको उचित प्रतिनिधित्व बिना सिनेट बैठक स्वीकृत हुन नहुने र क्याम्पसहरूमा शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने माग राख्दै नेविसंघका विभिन्न क्याम्पस इकाइहरूले आन्दोलन चर्काएका हुन्। विरोधलाई नियन्त्रणमा लिन मीनभवन आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

यसअघि नै कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयासमा संलग्न ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले निषेधित क्षेत्र उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने गतिविधि कडाइका साथ नियन्त्रणमा लिइने चेतावनी दिए

लको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...