News Portal

प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

२०४ पटक

झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय तहलाई नमुना विकासमा लाग्न आग्रह गरे।

उनले विकासका पूर्वाधारहरू क्रमशः मजबुत हुँदै गएका भन्दै मुलुक अब आधुनिक र विकसित यात्रातर्फ अघि बढिरहेको बताए। ‘अब नेपालमा गरिबीको आयु १५ वर्ष मात्रै बाँकी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अवधिमा हामीले सबै प्रयास गरेर गरिबी अन्त्य गर्दै मुलुकलाई समृद्धितर्फ डोर्याउनुपर्छ।’

प्रधानमन्त्री ओलीका अनुसार विद्युत्, सञ्चार र सूचना प्रविधि क्षेत्रमा देखिएको प्रगति मुलुकको सम्भावनाका मुख्य आधार हुन्। उनले आइटी क्षेत्रको दुरुपयोगबाट केही मान्छेहरूले गलत काम गरे पनि धेरैले राम्रो काम गरेर देखाएको बताए।

उनले सडक, पुल, सिँचाइ जस्ता विकास आयोजनाहरूलाई अझ तीव्र रूपमा अगाडि बढाइने समेत बताए। ‘विकास निर्माणमा असाधारण प्रगति भइरहेको छ, अब सबैले हातेमालो गरेर समृद्ध नेपाल बनाउन जुट्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...