News Portal

स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

३५७ पटक

काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि भइसकेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा कडा आवाज उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताए। उनले सरकारले संसदीय छानबिन समितिबाट डराएको आरोपसमेत लगाए।

‘‘प्रधानमन्त्री सँगसँगै नगएका भए पनि उहाँ सहभागी भएको कार्यक्रममा गएका व्यक्तिहरू हालसम्म नफर्केको पुष्टि भइसकेको छ,’’ शाहीले भने, ‘‘यो विषय गम्भीर छ, संसदले छानबिन गर्नैपर्छ, तर किन सरकारले संसदीय समिति बनाउन नचाहेको ?’’

शाहीले भिजिट भिसा प्रकरणको सम्पूर्ण सत्य बाहिर ल्याउन संसदीय छानबिन समितिको माग पुरा नभएसम्म आन्दोलन नछाड्ने चेतावनीसमेत दिए।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...