News Portal

  • झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    १३७ पटक

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले फैलाइरहेको ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने हल्लालाई झूटो र घोर निराधार भन्दै खारेज गरेका छन्।

    दमक नगरपालिकामा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणको सफलतालाई ओझेल पार्ने उद्देश्यले आधारहीन प्रचार गरिएको बताए। उनले यस्ता अपप्रचारलाई गम्भीरतापूर्वक लिनुपर्ने कारण नरहेको प्रष्ट पारे।

    विश्व बैंकको आर्थिक सहयोगमा बनेको उक्त गौरवको आयोजना झापा मात्रै नभई देशभरका १७ वटा विशेष सडक परियोजनामध्ये एक हो। झण्डै ४४ करोड २४ लाख लागतमा ४.८६ किलोमिटर लामो यो सडक समयमै सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीले यसलाई उदाहरणीय आयोजनाको रूपमा प्रस्तुत गरे।

    प्रधानमन्त्री ओलीले मेचीदेखि महाकालीसम्म विकासको लहर फैलाउन सरकारले थालिएका कामहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए। दमकको बेलडाँगी क्षेत्रमा अब विशाल रंगशाला निर्माण गर्ने घोषणा गर्दै उनले पूर्वाञ्चलमै नयाँ खेलकूद पूर्वाधार थपिने जानकारी दिए।

    प्रधानमन्त्रीले यसपटकको एसईई परीक्षाको नतिजा १३ प्रतिशतले सुधार हुनुमा स्वयंसेवी भावनाका साथ सञ्चालन गरिएका निःशुल्क अनलाइन कक्षाहरूले योगदान दिएको उल्लेख गरे।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई र उद्वव थापालगायतको उपस्थिति रहेको थियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...