News Portal

  • एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

    २१३ पटक

    लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्।

    पुडासैनीले सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    एनआरएनए स्थापना भएको देश बेलायतमा साथीभाइ र अग्रजहरूको सल्लाहअनुसार आफूले उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन्।

    पुडासैनीले आफूले अघि सारेका प्रमुख मुद्दाहरूमा एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानताको लडाइँमा ऐक्यबद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन, नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार तथा सुरक्षा समेटिएका छन्।

    एनआरएनए अभियानमा सबै एकताबद्ध भएर लागेमा सबै मुद्दाहरू समाधान गर्न सकिने उनले बताए। एनआरएनए यूकेलाई नमुना संस्था बनाउन आफ्नासँग विशेष ‘रोडम्याप’ रहेको उनको दाबी छ।

    अन्याय–अत्याचारविरुद्ध लड्ने र अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव भएको बताउँदै पुडासैनीले समाजका लागि काम गर्ने दृढ अठोट व्यक्त गरे।

     

    आफू निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरूलाई पनि एकताबद्ध बनाउन सक्दो पहल गर्ने उनले बताएका छन्।

    को हुन् पुडासैनी ?

    नुवाकोटको साविक जिलिङ गाउँपालिका–२, हाल बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी र माता लोकमाया पुडासैनीका माइला सुपुत्र हुन्। उनी २५ वर्षअघि बेलायत आएका थिए।

    पढाइका क्रममा बेलायतकै एक प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए र बीएससी अनर्स उत्तीर्ण गरेका पुडासैनी विगत १५ वर्षदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छन्। श्रीमती भवानी पुडासैनी, तीन छोरा, दुई नाति र एक नातिनीका हजुरबुवा उनी विद्यार्थी जीवनदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील छन्।

    नेपालमा रहँदा उनी सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का सभापति समेत भएका थिए। हाल उनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा क्रियाशील छन्।

    बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थका सचिव रहेका पुडासैनी श्रमिकहरूको हकहितका लागि पैरवी गर्दै आएका छन्।

    उनले यती नेपाली एशोसिएसन यूकेको महासचिव दुई कार्यकाल, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष र विभिन्न संघ–संस्थाका सल्लाहकारका रूपमा समेत भूमिका निर्वाह गरेका छन्। उनी एनआरएनए अन्तर्राष्ट्रिय समिति २०२१–२३ का सदस्य समेत थिए।

    नेपालमा महाभूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपद्का बेला बेलायती स्वास्थ्यकर्मीहरूको टोलीलाई नेतृत्व गर्दै उनले महत्वपूर्ण सहयोग गरेका थिए।

    एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि २६ जुलाईमा अनलाइनमार्फत निर्वाचन हुँदैछ भने राष्ट्रिय महाधिवेशन २७ जुलाई २०२५ मा आयोजना हुनेछ।

    “बेलायतको नेपाली समाजलाई एकजुट गर्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा अझ बलियो बनाउन म सक्दो भूमिका निर्वाह गर्नेछु,” पुडासैनीले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...