News Portal

एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

३५६ पटक

काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसमा समावेशी, निष्पक्ष र सबैले स्वीकार गर्ने निर्वाचन सम्पन्न गर्न एकता महाधिवेशन आयोजना गर्ने जिम्मेवारी विवेक थापालाई प्रदान गरिएको आइसीसीका महासचिव बीआर लामाले जानकारी दिए।

महासचिव लामाले वर्तमान कार्यसमितिले समावेशी सदस्यता प्रक्रियामा चासो नदेखाएको र एकपक्षीय निर्णय थोपर्न खोजेको कारण महाधिवेशन आयोजक समिति गठन गर्नुपरेको बताए।

ओसियाना क्षेत्रीय संयोजक इर्साद अहमदले एमआइएस प्रणालीमार्फत सदस्यता लिन नपाएका वा छुटेका करिब १५ हजारभन्दा बढी एनआरएनलाई समेट्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको बताए।

उनले संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत हालको समस्या समाधान खोज्नुपर्नेमा जोड दिए।

महाधिवेशनका संयोजक विवेक थापाले एनआरएनए अष्ट्रेलियालाई एकताबद्ध तथा विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदहरूमध्ये एक बनाउन हातेमालो गर्न सबैलाई अपिल गरे।

गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सोही महाधिवेशनको भावनालाई आत्मसात् गर्दै अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने भएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...