News Portal

कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

३२१ पटक

काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सहयोग गरेको आरोपमा केही नेतामाथि कारबाही भएपछि डा. शेखर कोइराला नेतृत्वको समूहले त्यसलाई प्रतिशोधी र नियमविपरीत भन्दै अस्वीकार गर्ने घोषणा गरेको छ।

बिहीबार बिहान कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पार्टी नेतृत्वको पछिल्लो कदमलाई वैधानिकता नभएको निष्कर्ष निकाल्दै कारबाही विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा र शीर्ष नेताबीच अनुशासनको फाइल अघि नबढाउने सहमति भइसकेको अवस्थामा संयोजक आनन्द ढुंगानाले एकल निर्णयबाट विज्ञप्ति निकालेर कारबाही घोषणा गरेको जानकारी गराए।

कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार पार्टीको विधानले उजुरी परेपछि ६ महिनाभित्र कारबाही प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था छ तर ढिलाइ गर्दै दुई वर्षपछि निर्णय ल्याइएकोले यो कदम गैरकानुनी र गुटगत भएको आरोप कोइराला समूहको छ।

‘यो कदम प्रतिशोधी र एकलौटी छ। पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई किनारा लगाउने चाल हो,’ घिमिरेले भने, ‘हामी यसविरुद्ध राजनीतिक र सभ्य तरिकाले प्रतिवाद गर्छौं।’

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति थियो।

यता कांग्रेस केन्द्रीय कमिटीको लामो बैठकमा समेत निर्वाचनका बेला भएको अन्तरघातबारे चर्को बहस हुँदै आएको थियो। अनुशासन समितिले असार ९ देखि १७ गतेसम्म छलफल गरी केही नेता तथा कार्यकर्तालाई निष्कासन र निलम्बन गर्ने निर्णय गरेको र बुधबार उक्त निर्णय सार्वजनिक गरेको थियो।

शेखर समूहले भने कारबाही अन्यायपूर्ण भएको भन्दै न्याय दिलाएरै छाड्ने अडान राखेको छ। सभापतिसँग समेत छलफल गरेर राजनीतिक रुपमा प्रतिरोध अघि बढाउने उनीहरूको योजना छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...