News Portal

रसुवामा हिमताल विस्फोट, सेन्टिनेल उपग्रह अध्ययनबाट बाढीको कारण पुष्टि

२३३ पटक

रसुवा, असार २६ – गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा परेको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी हिमताल फुटेकै कारणले भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययन अनुसार सुप्राग्लेशियल ताल विस्फोट हुँदा बाढी उत्पन्न भएको देखिएको छ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार युरोपेली सेन्टिनेल उपग्रहबाट प्राप्त चित्रले घटनाको पुष्टि गरेको हो। उनका अनुसार रसुवागढी नजिकैको नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर माथि, समुद्री सतहबाट ५१५० मिटर उचाइमा रहेको ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हिमतालको आकार बाढीपछि घटेर ०.६० वर्ग किलोमिटरमा झरेको पाइएको छ।

‘उपग्रह तस्बिरले देखाउँछ कि बाढीको घटनापूर्व र पछिको अवस्थामा तालको क्षेत्रफलमा उल्लेखनीय अन्तर आएको छ,’ पराजुलीले भने, ‘यसले ठूलो मात्रामा पानी बाहिरिएको र त्यसको प्रभाव तलको क्षेत्रमा परेको पुष्टि गर्दछ।’

यस विषयमा चीनसँग सहकार्य गर्दै थप स्थलगत प्रतिवेदन आउने अपेक्षा गरिएको र आगामी दिनमा उपग्रहमार्फत थप विवरण प्राप्त हुने विभागले जनाएको छ। यसैबीच, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले पनि ल्हेन्दे खोलाको सुप्राग्लेशियल ताल फुटेरै रसुवाको भोटेकोशीमा बाढी आएको प्रमाणित गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले हिमतालहरूको अवस्था र सम्भावित जोखिममाथि निरन्तर अध्ययन र निगरानी जारी राखिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...