News Portal

रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

२१२ पटक

काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ । असार २४ गते मंगलबार दिउँसो ३:३० बजेसम्मको स्थिति अनुसार ड्याम साइडमा फसेका ५५ जनालाई सकुशल उद्धार गरिएको छ भने अझै १८ जना बेपत्ताको खोजी कार्य जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जोखिममा परेकामध्ये ४ जना महिला र ५१ जना पुरुषलाई झोलुङ्गे पुल प्रयोग गरी सुरक्षित स्थानमा सार्न सफल भएका छन् । उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिकसमेत रहेका छन् ।

बाढीले ठूलो मात्रामा सवारीसाधनमा पनि क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ । प्रहरीका अनुसार अहिलेसम्म १०० भन्दा बढी गाडी बगाइसकेको अनुमान छ । स्थानीयबासीसँगै उद्धार टोलीले हराइरहेकाहरूको खोजीमा थप सक्रियता बढाएको छ ।

प्रहरी, सेना र सशस्त्रको समन्वित प्रयासमा उद्धार कार्य तीव्र गतिमा अघि बढाइए पनि वर्षा नरोकिँदा थप जोखिम रहने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...