News Portal

नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

३१३ पटक

चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार क्षेत्रका स्थानीयलाई माइकिङ गरेर सचेत गराएको छ। मंगलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि तलको बस्तीहरूमा असर पर्न सक्ने देखिएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवागढीस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको बाढीले त्रिशूली र बुढीगण्डकी दोभानसम्म प्रभाव पार्ने संकेत देखिएको छ। विभागले भोटेकोशी–स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान साढे तीन बजे बाढी पुगेको मापन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार नदी किनारमा नजान र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गर्दै माइकिङ गरिएको हो। प्रहरीले नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...