News Portal

रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

३२० पटक

काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान र संरचनामा क्षति पुर्‍याएको छ। भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार अहिले पनि पूर्ण विवरण सङ्कलन भइरहेको छ तर प्रारम्भिक सूचनामा केही मालवस्तु र सवारीसाधन बाढीले बगाएको पुष्टि भइसकेको छ।

‘रसुवागढी हुँदै वर्षायाममा सामान्यतया थोरै मात्रामा सामान ओहोरदोहोर हुने गर्छ,’ महानिर्देशक भट्टराईले हिमाली सञ्चारसँग भने, ‘तर पनि जति सामान थिए, ती सबैमा क्षति पुगेको छ।’

बाढीले रसुवागढी भन्सार यार्ड, मितेरी पुल क्षेत्र र निर्माणाधीन नयाँ एकीकृत जाँच चौकी (आईसीपी) समेत बगाएको छ। बन्दै गरेका भवन र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। यद्यपि, त्यहाँ खटिएका भन्सार कर्मचारी भने सकुशल रहेको भट्टराईले जनाएका छन्।

हाल घटनास्थलमा क्षतिको थप आकलन भइरहेको छ भने क्षतिको परिमाण र पुनःस्थापना कसरी अघि बढाउने भन्ने विषयमा सम्बन्धित निकाय छलफलमा जुटेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...