News Portal

१ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

३११ पटक

मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का ५५ वर्षीय कृत्यानन्द ठाकुर, सोही ठाउँका ३८ वर्षीय सुशील बुढाथोकी र भारतको अररिया घर भएकी एक महिला गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नियन्त्रणमा लिनेदेखि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो।

गोप्य सूचनाका आधारमा रंगेली प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली तथा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा करिब ४५० ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुई जना नेपाली र एक जना भारतीय महिलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...