News Portal

राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

२९५ पटक

काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई अदालतले सफाइ दिए पनि पीडित भनिएका गौरीशंकर राम चमार पहिलोपटक खुला मञ्चमा आएर आप्‍नो व्यथा सुनाउँदा आलममाथि फेरि प्रश्न उभिएको छ।

४३ वर्षीय चमारले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बम बिष्फोटका कारण आपूmको जीवन तहसनहस भएको गुनासो गरे। उनका अनुसार निर्वाचनको अघिल्लो साँझ अफ्ताब आलमकै काकाको घरअगाडि उनले जिन्दगीकै सबैभन्दा ठूलो बज्रपात बेहोर्नुपर्‍यो।

“हप्ताको दिन थियो, म राजपुर फरहदवाको आलमको इँटाभट्टामा काम गर्थें। पैसा लिन बोलायो, तीन जना थियौं। घरको ढोकामा पुग्न नपाउँदै बम पड्कियो, आगो लागेर म भागेँ, पछाडिको पानीमा हामफालेँ। होस खुल्दा सितामढीको अस्पतालमा थिएँ,” चमारको आक्रोश मिश्रित शब्दहरू थिए।

घटनामा दुबै कान गुमाएका चमारको अनुहारदेखि छातीसम्म गहिरो चोट लागेको छ। उपचारका लागि भारतमै साढे तीन लाख भारतीय रुपैयाँ खर्च भए पनि आलमले एकपटक पनि हालखबर नखोजेको चमारको गुनासो छ।

उच्च अदालत वीरगन्ज इजलासले पर्याप्त प्रमाण नपुगेको भन्दै आलमलाई सफाइ दिएको भए पनि चमार भन्छन्, “बम ममा पड्किएको हो, मान्छे जलेका कुरा गाउँलेहरूले भनेकै हुन्। अदालतले कसरी प्रमाण नभएको भन्न सक्यो?”

घाइते हुँदा गाउँका केही मानिसहरूले उनलाई भारत पुर्‍याएको उनले बताए। “कसरी भारत पुगेँ, थाहा भएन। आँखा खुल्दा आमा पनि साथमै थिइन्, अस्पताल पुर्‍याएको थाहा पाएँ,” उनले सुनाए।

बम विस्फोटमा परेर ज्यान जोगाउन संघर्ष गरिरहेका चमार अहिले पनि धम्कीमा बाँच्न बाध्य भएको बताउँछन्। “अफ्ताब आलमका मान्छेहरूले आमालाई नै भने– तेरो छोरा मरिसक्यो। अहिले पनि डर लाग्छ, कतिबेला के हुने हो,” उनी भन्छन्।

आफ्नो शरीर कमजोर भएकाले काम गर्न नसक्ने अवस्थाका चमारले राज्यसँग न्याय मागेका छन्। “जिन्दगीभर पीडामा छु, दोषी उन्मुक्ति पाउन हुँदैन, म न्याय खोज्दै आएको छु,” चमारको आवाज थर्थराएको थियो।

पीडित चमारले दोषीमाथि कडा कारबाहीको माग गर्दै न्यायका लागि आफ्नो अन्तिम आवाज सुनिदिन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...