News Portal

  • राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    ५२ पटक

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई अदालतले सफाइ दिए पनि पीडित भनिएका गौरीशंकर राम चमार पहिलोपटक खुला मञ्चमा आएर आप्‍नो व्यथा सुनाउँदा आलममाथि फेरि प्रश्न उभिएको छ।

    ४३ वर्षीय चमारले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बम बिष्फोटका कारण आपूmको जीवन तहसनहस भएको गुनासो गरे। उनका अनुसार निर्वाचनको अघिल्लो साँझ अफ्ताब आलमकै काकाको घरअगाडि उनले जिन्दगीकै सबैभन्दा ठूलो बज्रपात बेहोर्नुपर्‍यो।

    “हप्ताको दिन थियो, म राजपुर फरहदवाको आलमको इँटाभट्टामा काम गर्थें। पैसा लिन बोलायो, तीन जना थियौं। घरको ढोकामा पुग्न नपाउँदै बम पड्कियो, आगो लागेर म भागेँ, पछाडिको पानीमा हामफालेँ। होस खुल्दा सितामढीको अस्पतालमा थिएँ,” चमारको आक्रोश मिश्रित शब्दहरू थिए।

    घटनामा दुबै कान गुमाएका चमारको अनुहारदेखि छातीसम्म गहिरो चोट लागेको छ। उपचारका लागि भारतमै साढे तीन लाख भारतीय रुपैयाँ खर्च भए पनि आलमले एकपटक पनि हालखबर नखोजेको चमारको गुनासो छ।

    उच्च अदालत वीरगन्ज इजलासले पर्याप्त प्रमाण नपुगेको भन्दै आलमलाई सफाइ दिएको भए पनि चमार भन्छन्, “बम ममा पड्किएको हो, मान्छे जलेका कुरा गाउँलेहरूले भनेकै हुन्। अदालतले कसरी प्रमाण नभएको भन्न सक्यो?”

    घाइते हुँदा गाउँका केही मानिसहरूले उनलाई भारत पुर्‍याएको उनले बताए। “कसरी भारत पुगेँ, थाहा भएन। आँखा खुल्दा आमा पनि साथमै थिइन्, अस्पताल पुर्‍याएको थाहा पाएँ,” उनले सुनाए।

    बम विस्फोटमा परेर ज्यान जोगाउन संघर्ष गरिरहेका चमार अहिले पनि धम्कीमा बाँच्न बाध्य भएको बताउँछन्। “अफ्ताब आलमका मान्छेहरूले आमालाई नै भने– तेरो छोरा मरिसक्यो। अहिले पनि डर लाग्छ, कतिबेला के हुने हो,” उनी भन्छन्।

    आफ्नो शरीर कमजोर भएकाले काम गर्न नसक्ने अवस्थाका चमारले राज्यसँग न्याय मागेका छन्। “जिन्दगीभर पीडामा छु, दोषी उन्मुक्ति पाउन हुँदैन, म न्याय खोज्दै आएको छु,” चमारको आवाज थर्थराएको थियो।

    पीडित चमारले दोषीमाथि कडा कारबाहीको माग गर्दै न्यायका लागि आफ्नो अन्तिम आवाज सुनिदिन सबैमा आग्रह गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...