News Portal

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

१४९ पटक

काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल एक साताभित्रै रिहा भएका छन्।

गत १३ असारमा चेक बाउन्सको उजुरीपछि प्रहरीले भेटवाललाई नियन्त्रणमा लिएर सोही दिनबाट म्याद गणना हुने गरी १५ असारमा ६ दिनको म्याद थप गरेको थियो। तर पक्राउ परेपछि स्वास्थ्य समस्या देखाउँदै उनी तुरुन्तै अस्पताल भर्ना भएका थिए।

अस्पतालमै उपचाररत अवस्थामा जिल्ला अदालत काठमाडौंमा पेश गरिँदा अदालतले स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै थप म्याद नदिएपछि उनी १९ असारमा छुटेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार अदालतबाट म्याद नथपिएपछि प्रहरीले थप कारबाही अघि बढाउन नसकेको बताए।

भेटवालमाथि करिब १० करोड रुपैयाँको चेक बाउन्स भएको आरोप लाग्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...