News Portal

स्याङ्जामा सुन चोर पक्राउ, चोरीका गहना फेला

१५४ पटक

स्याङ्जा, असार २२ — स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मा भएको सुन चोरी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट नगरपालिका–४ स्थायी घर भई हाल वालिङ–६ बसोबास गर्दै आएकी ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ निवासी ३२ वर्षीय दुर्गा बि.क.लाई पक्राउ गरिएको हो।

गत १७ असारमा वालिङ–६ मा बसोबास गर्ने थानकुमारी पाण्डेको घरबाट आधा तोला सुनले बनेका दुईवटा पञ्चरत्ने बाला चोरी भएको थियो। सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी चोरी भएका गहना समेत बरामद गरेको जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत, स्याङ्जाबाट १० दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको जनाएको छ। साथै, पक्राउ परेका व्यक्तिहरू यसअघि पनि आसपासका बस्तीहरूमा घर पसेर सुनका गहना चोरी गर्ने गरेको सूचना प्राप्त भएकाले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...