News Portal

एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

२०२ पटक

काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी अधिकारीलाई धम्की दिएको अभियोगमा सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

नेपाल प्रहरी स्रोतका अनुसार यादवले सर्लाहीका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत गाली गलौज गर्दै धम्क्याएको अडिओ सार्वजनिक भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। सार्वजनिक अडिओमा यादवले भौतिक पूर्वाधार कार्यालयमा खटाइएको प्रहरी सुरक्षामा आपत्ति जनाउँदै एसपीलाई “तराईमा लुट्न आएका लुटेरा” भन्दै अपशब्द बोलेको खुलेको छ।

मधेस प्रदेश प्रहरीका एक अधिकारीका अनुसार अध्यक्ष यादव पहिले पनि पटक–पटक विवादमा आउने गरेका व्यक्ति हुन्। उनले यसअघि प्रदेश मन्त्रीलाई समेत धम्कीपूर्ण सन्देश पठाएको प्रमाण फेला परेको छ। प्रहरीले ती प्रमाणलाई अनुसन्धानको आधार मानेर थप कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

प्रहरी अधिकारीले भने, “प्रहरीले कानुन अनुसार सबैलाई सुरक्षा दिने जिम्मेवारी बहन गर्छ। त्यसलाई लिएर नेताबाटै यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो।”

यादवले यसअघि पनि अन्य व्यक्तिहरूलाई धम्की दिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। अहिले धम्कीसम्बन्धी सबै प्रमाण संकलन गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...