News Portal

पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

१७६ पटक

पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी सीप, प्राविधिक परामर्श र आन्तरिक लगानीबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

बढ्दो आन्तरिक तथा विदेशी पर्यटकको आवागमनलाई सहज पार्न सरकारले निर्माण गरेको पोखरा विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने इन्धन आपूर्ति गर्न नागरिक उड्डयन प्राधिकरणबाट लिजमा लिइएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलमा डिपो तयार पारिएको हो ।

नयाँ डिपोमा १ हजार २ सय किलो लिटर क्षमताका तीनवटा भर्टिकल स्टोरेज ट्यांक राखिएका छन्, जसको उचाइ र व्यास समान १२ मिटरका छन् । आगलागी नियन्त्रणका लागि छुट्टै पानी ट्याङ्की, फोम स्टोरेज सिस्टम, दमकल पम्प, जक्की पम्प लगायतका सुरक्षात्मक संरचनाहरू पनि निर्माण गरिएका छन् ।

डिपोमा प्रयोग भएका स्टोरेज ट्यांक र पाइपलाइन अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको मापदण्डअनुसार निर्माण गरिएका हुन् भने इन्धन लोड र अनलोडका लागि १ माइक्रोन र ५ माइक्रोन क्षमताका फिल्टर जडान गरिएको छ ।

२०७७ साल चैत २ गते सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आव्हान गरी सुरु गरिएको परियोजना विभिन्न चरण पार गर्दै २०७९ पुस १५ मा लिज सम्झौतामा पुगेको थियो । कुल ७५ करोड रुपैयाँको लागतमा सम्पन्न भएको यो डिपोले अब पोखराबाट हुने उडानहरुलाई समयमा, सुरक्षित र प्रभावकारी रूपमा इन्धन आपूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याउने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...