News Portal

पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

१९५ पटक

पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी सीप, प्राविधिक परामर्श र आन्तरिक लगानीबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

बढ्दो आन्तरिक तथा विदेशी पर्यटकको आवागमनलाई सहज पार्न सरकारले निर्माण गरेको पोखरा विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने इन्धन आपूर्ति गर्न नागरिक उड्डयन प्राधिकरणबाट लिजमा लिइएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलमा डिपो तयार पारिएको हो ।

नयाँ डिपोमा १ हजार २ सय किलो लिटर क्षमताका तीनवटा भर्टिकल स्टोरेज ट्यांक राखिएका छन्, जसको उचाइ र व्यास समान १२ मिटरका छन् । आगलागी नियन्त्रणका लागि छुट्टै पानी ट्याङ्की, फोम स्टोरेज सिस्टम, दमकल पम्प, जक्की पम्प लगायतका सुरक्षात्मक संरचनाहरू पनि निर्माण गरिएका छन् ।

डिपोमा प्रयोग भएका स्टोरेज ट्यांक र पाइपलाइन अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको मापदण्डअनुसार निर्माण गरिएका हुन् भने इन्धन लोड र अनलोडका लागि १ माइक्रोन र ५ माइक्रोन क्षमताका फिल्टर जडान गरिएको छ ।

२०७७ साल चैत २ गते सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आव्हान गरी सुरु गरिएको परियोजना विभिन्न चरण पार गर्दै २०७९ पुस १५ मा लिज सम्झौतामा पुगेको थियो । कुल ७५ करोड रुपैयाँको लागतमा सम्पन्न भएको यो डिपोले अब पोखराबाट हुने उडानहरुलाई समयमा, सुरक्षित र प्रभावकारी रूपमा इन्धन आपूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याउने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...