News Portal

स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

१९२ पटक

रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व राष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्। मंगलबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका जितेन्द्र राउतलाई शसस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

गौर भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा राउतको टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर राखिएको दुई लाख पचास हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार राउतलाई शंका लागि जाँच गर्दा उक्त नगद भेटिएको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जानकारी दिएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि राउतलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी स्रोतले बताएको छ। हाल थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...