News Portal

  • झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    १९१ पटक

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई किशोरले अकालमा ज्यान गुमाउनुपरेको छ। संगम चोकका १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि कुटपिटका कारण मृत्यु हुनेको संख्या दुई पुगेको हो।

    गत शुक्रबार साँझ ट्युसन पढेर घर फर्किरहेका आदित्यलाई ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही किशोरहरूले बाटोमै रोक्दै दुईपटक कुटपिट गरेका थिए। पहिलोपटक सामान्य झगडा जस्तो देखिएको भए पनि केही बेरपछि फेरि बोलाई कुटपिट गरिएपछि घटना गम्भीर बनेको बताइएको छ।

    कुटपिटपछि आदित्यले परिवारलाई केही बताएका थिएनन्। भोलिपल्ट ट्युसन जान छाडे पनि विद्यालय भने गएका उनी अनुहार सुन्निएको र ढाड दुखेको बताउँथे। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मात्र उनलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो। तर बुधबार दिउँसो उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

    यसअघि सोही घटनामा आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता सिटी अस्पतालमा मृत्यु भइसकेको छ। दुबै जना सोही ट्युसन सेन्टरमा जाने साथी थिए। आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए।

    उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ६ किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरिसकेको बताइएको छ। प्रहरीले थप किशोरहरू पनि संलग्न हुन सक्ने देखिएकाले अनुसन्धान अझै अगाडि बढाइएको जनाएको छ।

    कुटपिट भएको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि बदला लिन कुरा उठाउँदा आदित्यले नै ‘छोडिदेऊ, झगडा नगरौं’ भन्दै सम्झाएका थिए भन्ने कुरा उनका साथीहरूले बताएका छन्।

    मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। स्थानीयवासीले समेत कडा कारबाहीको माग गर्दै यस्ता घटनाले पुनरावृत्ति नहोस् भनेर सतर्कता अपनाउन अपिल गरेका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...