News Portal

झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

२९१ पटक

झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई किशोरले अकालमा ज्यान गुमाउनुपरेको छ। संगम चोकका १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि कुटपिटका कारण मृत्यु हुनेको संख्या दुई पुगेको हो।

गत शुक्रबार साँझ ट्युसन पढेर घर फर्किरहेका आदित्यलाई ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही किशोरहरूले बाटोमै रोक्दै दुईपटक कुटपिट गरेका थिए। पहिलोपटक सामान्य झगडा जस्तो देखिएको भए पनि केही बेरपछि फेरि बोलाई कुटपिट गरिएपछि घटना गम्भीर बनेको बताइएको छ।

कुटपिटपछि आदित्यले परिवारलाई केही बताएका थिएनन्। भोलिपल्ट ट्युसन जान छाडे पनि विद्यालय भने गएका उनी अनुहार सुन्निएको र ढाड दुखेको बताउँथे। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मात्र उनलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो। तर बुधबार दिउँसो उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि सोही घटनामा आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता सिटी अस्पतालमा मृत्यु भइसकेको छ। दुबै जना सोही ट्युसन सेन्टरमा जाने साथी थिए। आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ६ किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरिसकेको बताइएको छ। प्रहरीले थप किशोरहरू पनि संलग्न हुन सक्ने देखिएकाले अनुसन्धान अझै अगाडि बढाइएको जनाएको छ।

कुटपिट भएको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि बदला लिन कुरा उठाउँदा आदित्यले नै ‘छोडिदेऊ, झगडा नगरौं’ भन्दै सम्झाएका थिए भन्ने कुरा उनका साथीहरूले बताएका छन्।

मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। स्थानीयवासीले समेत कडा कारबाहीको माग गर्दै यस्ता घटनाले पुनरावृत्ति नहोस् भनेर सतर्कता अपनाउन अपिल गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...