News Portal

एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

३२० पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको पत्रलाई अवैधानिक ठहर गर्दै खारेज गरिदिएको हो।

बैठकले संस्थाकै केही व्यक्तिले समानान्तर गतिविधि गरेको भन्दै उनीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ। स्पष्टिकरण नदिए बर्खास्त गरिने निर्णय पनि बैठकले गरेको अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसैगरी, एनसीसी बेल्जियमको साधरणसभा अगष्ट १७ र चुनाव अगष्ट २५, २०२५ मा गर्ने निर्णय भएको कार्यवाहक महासचिव राजेन्द्र कुमार कार्कीले जानकारी दिए। बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता गंगाधर गौतम, युरोप संयोजक प्रेम गुरुङ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, पूर्व अध्यक्षद्वय जानकी गुरुङ, चित्र सुवेदी लगायतको सहभागिता थियो।

संघको केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री समूहले एनआरएनएलाई फुटाउने उद्देश्यले निर्वाचित र स्वायत्त एनसीसीहरु भंग गरिएको भनी पत्र पठाएकोमा संसारभरि रहेका एनसीसीहरुले कडा निन्दा र आलोचना गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...