News Portal

काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

३४० पटक

काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक विवाद झनै चर्किएको छ। मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईबीचको लामो समयदेखिको विवादका कारण अहिले बजेट तर्जुमा प्रक्रिया नै अन्योलमा परेको छ।

देशभरका छ मध्ये पाँचवटा महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि असार १० भित्रै बजेट पेस गरिसक्दा पनि काठमाडौँमा भने प्रक्रिया नै थाल्न सकेको छैन। यसले राजधानीको स्थानीय शासनप्रति नै प्रश्न खडा गरिदिएको छ।

विवादको मूल जड बनेका छन् प्रमुख प्रशासकीय अधिकृत गुरागाँई। मेयर बालेन गुरागाँईलाई बिदामा पठाएर नयाँ प्रशासकीय नेतृत्व ल्याउन चाहन्छन् भने कार्यपालिकाका अधिकांश सदस्य भने गुरागाँईकै पक्षमा उभिएका छन्। यसैबीच, केही समयअघि मेयर बालेनका आलोचक बनेका महानगर प्रवक्ता नवीन मानन्धर फेरि बालेनकै लाइनमा लागेका छन्।

पहिले बालेनमाथि नै विभिन्न आरोप लगाउँदै आएका मानन्धर अहिले भने प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा पठाउनुपर्ने मागसहित बालेनलाई खुला समर्थन गरिरहेका छन्। वडाध्यक्षहरूसँग भेटघाट गरी मानन्धरले ‘अब गुरागाँई बिदामा जानुपर्छ, नत्र बजेट आउँदैन’ भन्दै सहमति बनाउन खटिएको महानगर स्रोत बताउँछ।

यता मेयर बालेन गुरागाँई बिना नै कार्यपालिका बैठक गर्न चाहन्छन् तर अधिकांश वडाध्यक्ष र सदस्यहरूले भने यो कदम अवैधानिक हुने तर्क गरेका छन्। बालेनले केही समयअघि मानन्धरलाई सूचना प्रविधि समितिको संयोजक पदबाट हटाएका थिए तर पछिल्लो समय निर्णय फिर्ता लिएपछि उनी फेरि बालेन निकट भएका हुन्।

अहिले काठमाडौँ महानगरपालिकामा बजेट तर्जुमा तथा कार्यक्रम समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन। आन्तरिक गुटबन्दी र शक्ति सन्तुलनको रस्साकस्सीका कारण राजधानीवासी नागरिकले बजेट पर्खेर बस्नुपर्ने अवस्था आएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...