News Portal

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमाली संचार संवाददाता
७७३ पटक

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो ।

नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित मूल्य संरचना अनुरुप सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य ११२ रुपैयाँ कायम हुनेछ भने १०१ मा कारोबार भइरहेको  डिजेल/मट्टितेल ९९ रुपैयाँमा कारोबार हुनेछ ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । काठमाडौं उपत्यका बाहेक निगमको डिपो रहेका स्थानहरुबाट १५ किलोमिटर भित्रमा नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...