News Portal

श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

१७६ पटक

रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक अन्ततः प्रहरीले पक्राउ गरेको छ। रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

२०७८ साल माघ २६ गते मन्सुरीले आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सल बेरेर र मुख समेत सलले कोचेर हत्या गरेको आरोप छ। हत्या भएको अवस्थामा चाँदनीको शव गाउँकै गहुँ खेतमा फेला परेको थियो।

हत्या पछि उनी फरार हुँदै आएका थिए। प्रहरीले लामो समयदेखि उनलाई खोजी गर्दै आएकोमा अन्ततः पक्राउ गर्न सफल भएको जनाएको छ। हाल मन्सुरीविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...