News Portal

श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

२३७ पटक

रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक अन्ततः प्रहरीले पक्राउ गरेको छ। रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

२०७८ साल माघ २६ गते मन्सुरीले आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सल बेरेर र मुख समेत सलले कोचेर हत्या गरेको आरोप छ। हत्या भएको अवस्थामा चाँदनीको शव गाउँकै गहुँ खेतमा फेला परेको थियो।

हत्या पछि उनी फरार हुँदै आएका थिए। प्रहरीले लामो समयदेखि उनलाई खोजी गर्दै आएकोमा अन्ततः पक्राउ गर्न सफल भएको जनाएको छ। हाल मन्सुरीविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...