News Portal

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रति

१६७ पटक

काठमाडौं, असार १५ – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सदनमै विचाराधीन निजामती सेवा विधेयकप्रति कडा असन्तुष्टि जनाउँदै प्रतिवेदन नै च्यातेर आफ्नो विरोध प्रकट गरेका छन्।

संसद्को रोष्ट्रममा उभिँदै साहले विधेयकले सबै नागरिकलाई समान दृष्टिले नहेरेको र विशेषगरी कमजोर वर्गलाई थप पिरलो पर्ने गरी ल्याइएको आरोप लगाए। ‘अब गरिबले लोकसेवा दिन पाउने छैनन्, ट्वाइलेट सफा गर्ने कोही हुने छैन, ड्राइभर पिउन बन्ने कोही रहने छैन भने तिनको जीवन कस्तो?’ भन्दै उनले आक्रोश पोखेका थिए।

उनका अनुसार श्रेणिविहीन कर्मचारीदेखि तल्लो तहका श्रमजीवी वर्गको सुरक्षाका लागि विधेयकले कुनै ग्यारेन्टी नगरेको भन्दै उनले संसद्भरि सांसदलाई समेत सचेत गराए। ‘कमजोरलाई रुवाउने र श्रमजीवीको आवाज दबाउने कानून हामीलाई मान्य छैन,’ साहले भने, ‘जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ, अरू सांसदलाई पनि यही आग्रह गर्दछु।’

यति भन्दै साहले संसद्को बैठक बहिष्कार गर्ने घोषणा गर्दै विधेयकको प्रति रोष्ट्रममै च्यातेर बाहिरिएका छन्। साहको अप्रत्याशित कदमसँगै संसद्मा केहीबेर छलफल र विवाद समेत भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...