News Portal

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रति

३०२ पटक

काठमाडौं, असार १५ – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सदनमै विचाराधीन निजामती सेवा विधेयकप्रति कडा असन्तुष्टि जनाउँदै प्रतिवेदन नै च्यातेर आफ्नो विरोध प्रकट गरेका छन्।

संसद्को रोष्ट्रममा उभिँदै साहले विधेयकले सबै नागरिकलाई समान दृष्टिले नहेरेको र विशेषगरी कमजोर वर्गलाई थप पिरलो पर्ने गरी ल्याइएको आरोप लगाए। ‘अब गरिबले लोकसेवा दिन पाउने छैनन्, ट्वाइलेट सफा गर्ने कोही हुने छैन, ड्राइभर पिउन बन्ने कोही रहने छैन भने तिनको जीवन कस्तो?’ भन्दै उनले आक्रोश पोखेका थिए।

उनका अनुसार श्रेणिविहीन कर्मचारीदेखि तल्लो तहका श्रमजीवी वर्गको सुरक्षाका लागि विधेयकले कुनै ग्यारेन्टी नगरेको भन्दै उनले संसद्भरि सांसदलाई समेत सचेत गराए। ‘कमजोरलाई रुवाउने र श्रमजीवीको आवाज दबाउने कानून हामीलाई मान्य छैन,’ साहले भने, ‘जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ, अरू सांसदलाई पनि यही आग्रह गर्दछु।’

यति भन्दै साहले संसद्को बैठक बहिष्कार गर्ने घोषणा गर्दै विधेयकको प्रति रोष्ट्रममै च्यातेर बाहिरिएका छन्। साहको अप्रत्याशित कदमसँगै संसद्मा केहीबेर छलफल र विवाद समेत भएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...