News Portal

सुनसरीमा भिषण मोटरसाइकल दुर्घटना : एकै परिवारका दुईसहित तीन जनाको ज्यान, दुई जना गम्भीर

३३२ पटक

विराटनगर, १५ असार – सुनसरी जिल्लाको रामधुनी नगरपालिका क्षेत्रभित्र शनिबार साँझ एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका बाबु–छोरासहित तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्।

चतरा–कान्छी चोक भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। कालाबञ्जारतर्फबाट कान्छी चोकतर्फ गइरहेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल रामधुनी–७ बासबिटी क्षेत्रमा ठोक्किएको प्रहरीले जनाएको छ।

साँझ करिब साढे ७ बजे भएको उक्त दुर्घटनामा परेर रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इनरुवा नगरपालिका–६ का करिब ५० वर्षीय बिन्दु यादवको निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीया प्रतीक्षा चौधरी मृतक इनर्चन चौधरीकी श्रीमती रहेको खुलेको छ। उनीसँगै इनरुवा–७ का करिब ३६ वर्षीय रमेश चौधरी पनि गम्भीर अवस्थामा रहेका छन्। दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण ठोक्किँदा ठूलो क्षति भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले घटनास्थलको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...