News Portal

असार १५ मा राष्ट्रपति पौडेल परिवारसहित रोपाइँमा व्यस्त

१७९ पटक

काठमाडौं, असार १५ – परम्परागत असार १५ लाई ‘धान दिवस’ का रूपमा मनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको आँगनमै रोपाइँ गरी कृषिप्रतिको सम्मान प्रकट गरेका छन्।

राष्ट्रपति पौडेलसँगै उहाँका परिवारका सदस्यहरू, शीतल निवासका कर्मचारी तथा नेपाली सेनाको टोलीसमेत खेतमा ओर्लिएर धान रोपाइँमा जुटेका थिए। खेतमा माटो सुम्सुम्याउँदै राष्ट्रपति पौडेलले कृषक समुदायको योगदानलाई स्मरण गर्दै रोपाइँ सुरु गरेका हुन्।

नेपाली समाजमा असार १५ लाई बर्सेनि खेतबारीमा धान रोपेर दही चिउरा खाने विशेष दिनका रूपमा हर्षोल्लाससहित मनाउने चलन छ। शीतल निवासमा सम्पन्न यो रोपाइँ कार्यक्रममा राष्ट्रपति परिवारसहित उपस्थित सबैले परम्परा जगेर्ना गर्न संयुक्त सन्देश दिएका छन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...