News Portal

अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

३९० पटक

तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी गरेको सैन्य आक्रमण पूर्णतः असफल भएको दाबी गरेका छन्। उनका अनुसार अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गर्न खोजेपनि त्यसबाट कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन।

खामेनीले उक्त हमला इरानको सार्वभौमिकता र सुरक्षा विरुद्धको प्रयास भएको उल्लेख गर्दै, अमेरिकी रणनीति विफल भएको टिप्पणी गरे। साथै उनले इरानद्वारा कतारस्थित अमेरिकी हवाई अड्डामा गरिएको जवाफी कारवाहीलाई “दृढ उत्तर”को रुपमा व्याख्या गरे।

उनको धारणा विपरित अमेरिकी रक्षामन्त्रीले भने अमेरिकाले इजरायलसँग मिलेर संकलन गरेको गोप्य सूचनाका आधारमा इरानको आणविक योजनामा ठुलो क्षति पुर्‍याएको र यसले त्यस कार्यक्रमलाई कैयौं वर्ष पछाडि धकेलेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...