News Portal

सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

५१२ पटक

चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गर्नुभएको छ । एमाले र कांग्रेस फरक–फरक राजनीतिक दल भएकोले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक रहेको उहाँको तर्क छ।

चितवन आइपुगेका सभापति देउवाले आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै पछिल्लो समय चर्चा आएको ‘टेक एन्ड पे’ प्रणालीबारे प्रष्ट पार्दै भन्नुभयो, “त्यो त सामान्य असमझदारी थियो, ठूलो कुरा थिएन। प्रणाली हटाइएपछि बजेट पारित भइसक्यो। दुई पार्टीबीच मत फरक पर्नु स्वाभाविक हो।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता विषयमा सञ्चारकर्मीले प्रश्न उठाउँदा सभापति देउवाले त्यसलाई खारेज गर्दै सो आरोपलाई ‘बेकारको झूटा कुरा’ भन्दै खण्डन गर्नुभयो।

उहाँले कांग्रेसको १५ औँ महाधिवेशन पनि निर्धारित समयमा हुने स्पष्ट पार्नुभयो।

चितवनमा बोल्दै देउवाले हालको सत्ता गठबन्धनभित्र देखिएको सामान्य मतभिन्नतालाई अतिरञ्जित गरी भ्रम फैलाउने प्रयास भइरहेको संकेत गर्नुभयो। उहाँले सरकारलाई अविश्वास गर्ने ठाउँ नभएको भन्दै विपक्षी दलहरूले आक्षेप लगाएर जनतालाई गुमराहमा पार्न खोजेको आरोप पनि लगाउनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...