News Portal

सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

३३० पटक

चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गर्नुभएको छ । एमाले र कांग्रेस फरक–फरक राजनीतिक दल भएकोले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक रहेको उहाँको तर्क छ।

चितवन आइपुगेका सभापति देउवाले आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै पछिल्लो समय चर्चा आएको ‘टेक एन्ड पे’ प्रणालीबारे प्रष्ट पार्दै भन्नुभयो, “त्यो त सामान्य असमझदारी थियो, ठूलो कुरा थिएन। प्रणाली हटाइएपछि बजेट पारित भइसक्यो। दुई पार्टीबीच मत फरक पर्नु स्वाभाविक हो।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता विषयमा सञ्चारकर्मीले प्रश्न उठाउँदा सभापति देउवाले त्यसलाई खारेज गर्दै सो आरोपलाई ‘बेकारको झूटा कुरा’ भन्दै खण्डन गर्नुभयो।

उहाँले कांग्रेसको १५ औँ महाधिवेशन पनि निर्धारित समयमा हुने स्पष्ट पार्नुभयो।

चितवनमा बोल्दै देउवाले हालको सत्ता गठबन्धनभित्र देखिएको सामान्य मतभिन्नतालाई अतिरञ्जित गरी भ्रम फैलाउने प्रयास भइरहेको संकेत गर्नुभयो। उहाँले सरकारलाई अविश्वास गर्ने ठाउँ नभएको भन्दै विपक्षी दलहरूले आक्षेप लगाएर जनतालाई गुमराहमा पार्न खोजेको आरोप पनि लगाउनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...