News Portal

  • आयल निगमको अपचलन काण्ड: दोषी कर्मचारी बचाउन चलखेल सुरु

    २२४ पटक

    काठमाडौं, असार १३ – नेपाल आयल निगमको थानकोट डिपोमा फेरि एक पटक इन्धन चोरीको घटना सार्वजनिक भएको छ, जसमा निगमकै कर्मचारीहरूको संलग्नता खुलेको छ। यस्ता घटनाहरू विगतमा पनि पटक–पटक दोहोरिंदै आएको भए तापनि प्रत्येकपटक दोष ट्यांकर चालक र खलाँसीमाथि थोपरेर मूल दोषीहरू उम्किने प्रचलन कायम छ।

    ३० जेठ २०८२ मा थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीले ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा ३ सय लिटर अतिरिक्त तेल लोड गरेर बाहिर पठाएको तथ्य फेला परेको हो। उक्त ट्यांकर सलम्बुदेवी आयल स्टोरका लागि इन्धन ढुवानी गर्दै गर्दा बाटोमै रोकी बाल्टिनको प्रयोग गरी च्याम्बरबाट इन्धन निकालिरहेको अवस्थामा भेटिएको थियो।

    घटना सार्वजनिक भएपछि बागमती प्रादेशिक कार्यालय प्रमुख एवं थानकोट डिपो प्रमुख अशोक साहले ट्यांकर स्वामी मंगल ढुवानी सेवालाई १ असारमा तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए। यद्यपि, निगम स्रोतका अनुसार यस्ता घटना डिपो प्रमुख वा अपरेसन अधिकृतको संलग्नता बिना सम्भव हुँदैनन्। तर पनि घटनामा संलग्न भनिएका उच्च अधिकारीहरू उम्किन सफल भएका छन्।

    स्पष्टीकरण पत्रमा चालकले खलाँसीले चोरी गरेको र आफू अनभिज्ञ रहेको दाबी गरेका छन्। त्यसपछि खलाँसीलाई हटाइएको बताइएको छ। यद्यपि, यो प्रक्रिया घटनाको गाम्भीर्यभन्दा धेरै व्यवस्थापन पक्षको बचाउ प्रपञ्चजस्तो देखिन्छ।

    थानकोट डिपोमा यस्ता इन्धन अपचलनका घटना नयाँ होइनन्। तत्कालीन प्रमुख शैलेन्द्र भुसालको कार्यकालमा पनि दैनिक ७ सयदेखि १ हजार लिटर इन्धन चोरी हुने गरेको स्रोतले जनाएको छ। त्यसबेला समेत कर्मचारी जगदीश जोशीको संलग्नता फेला परेपछि उनलाई दुई महिना जिम्मेवारीविहीन बनाएर पछि धनगढी डिपोमा सरुवा गरिएको थियो।

    निगम स्रोतका अनुसार अहिले पनि ना. ६ ख ६९२८ नम्बरको ट्यांकरबाट थप इन्धन पठाइरहेको आशंका गरिएको छ। यो ट्यांकर कुनै पनि पेट्रोल पम्पको नाममा दर्ता नभए पनि नियमित रूपमा ढुवानीमा प्रयोग भइरहेको छ, जुन आयल निगमको नियमावलीको प्रत्यक्ष उल्लंघन हो।

    यसअघि साउन २०८० मा गण्डकी प्रादेशिक कार्यालय पोखरामा पनि ठूला परिमाणमा इन्धन अपचलन भएको घटना सार्वजनिक भएको थियो। ग. २ ख ८३६ नम्बरको ट्यांकरले १२ हजार लिटरको अर्डरमा १५ हजार ३८ लिटर डिजेल पठाएको पाइएको थियो। सीसी क्यामरा बन्द गरेर नियोजित रूपमा गरिएको सो कार्यमा तत्कालीन डिपो प्रमुख चितरञ्जन दास, पेट्रोल पम्प सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका प्रतिनिधिहरू र चालक संलग्न रहेको खुलेपछि विशेष अदालतमा मुद्दा दायर भएको थियो।

    निगमभित्रै यस्ता सयौँ घटना गुपचुप हुने गरेको स्रोतहरू बताउँछन्। तेल चोरीबाट भएको नोक्सानीलाई प्राविधिक नोक्सानी भनेर देखाउने, ढुवानी भाडा कम गरिदिने, पानी चेकको नाममा ट्यांकरलाई दोष दिँदै फाइदाका हिसाब मिलाउने प्रवृत्तिले समस्या झनै गहिरिएको छ।

    दैनिकजसो हुने यस्ता चोरीका घटनाहरूमा साना कर्मचारीमाथि कारबाही गरी घटना टार्ने तर वास्तविक योजनाकारहरू उम्काउने संस्कृति नतोडिने हो भने, निगममा व्याप्त भ्रष्टाचार झन् गहिरिँदै जाने संकेत देखिन थालेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...