News Portal

गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

२९१ पटक

काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलमार्फत दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त निर्णयमा अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गण्डकी प्रदेश सभाबाट २०८२ जेठ २० मा पारित नियमावलीमाथि कार्यान्वयन प्रक्रिया रोक्न आदेश दिएको हो। राइड सेयरिङमाथि लागू गरिएको उक्त नियमावलीविरुद्ध यातायात व्यवसायीको दबाबमा संघीय सरकारले समेत पत्राचारमार्फत स्थगन गर्ने निर्णय गरेको थियो।

रिट निवेदकको तर्क अनुसार उक्त नियमावलीले राइड सेयरिङ प्रविधिको प्रयोगलाई अवरोध पुर्‍याएको, उपभोक्ताको मौलिक हक कुण्ठित गरेको र यातायात व्यवसायीहरूसँग गरिएको सम्झौताले ‘सिन्डिकेट प्रणाली’लाई प्रोत्साहन दिएको आरोप लगाइएको छ।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरिएको छ। अब अदालतको फैसलाले गण्डकी प्रदेशमा राइड सेयरिङसम्बन्धी नीति पुनः बहसमा आउने देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...