News Portal

आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

३७२ पटक

काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाबीच एकता हुने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सञ्चालन भइआएको संस्था हो भने गैर आवासीय नेपाली संघ अमेरिका सन् २०२३ देखि सञ्चालन हुँदै आएको हो।

यो एकताको लागि दुई संस्थाका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन्। उक्त सहमति अनुसार डा. अर्जुन बन्जाडे नेतृत्वको एनआरएनए एनसीसी अमेरिकाले संघका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालको उपस्थिति रह्यो। त्यसैगरी, सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले संघका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न न्यूयोर्कमा गर्न लागेको कार्यक्रममा डा. अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ।

शुक्रवार बाल्टिमोरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नकारात्मक धारणा बनेको उल्लेख गरे। उनले गत महिना काठमाडौंमा सम्पन्न एकता महाधिवेशनको मर्मअनुसार संस्थालाई एकजुट बनाउन आफूले सक्दो प्रयास गरिरहेको पनि जनाए।

सन् २०२२ मार्चमा काठमाडौंमा छुट्टाछुट्टै एनआरएनएका दशौं महाधिवेशन आयोजना गरिएपछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटीहरू गठन भएका थिए।

अमेरिकाका दुवै कमिटीबीच एकता प्रक्रिया अघि बढाउन गरिएको सहमतिले संसारभरिका एनआरएनए अभियन्ताहरूबीच सकारात्मक सन्देश गएको उनीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...