News Portal

  • एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    २७८ पटक

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको एकतामा प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक बनिरहेको टिप्पणी गरेका छन्।

    हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए अमेरिकाद्वारा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।

    सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले परराष्ट्र मन्त्रालयले मान्यता दिएर पत्राचार गरिसकेको भए पनि प्रधानमन्त्री ओलीले बद्री केसी पक्षलाई सहमति गर्न नदिएको आरोप लगाए। उनले भने, ‘मे ३–४ को अधिवेशन सकिएपछि बद्रीजीहरू प्रधानमन्त्रीलाई भेट्न गएका बेला उक्साएर कार्यक्रम आयोजना गर्न लगाउनु भयो र आफैं कार्यक्रममा गएर तपाईंहरू नै आधिकारिक हो भनेर बोलेपछि एनआरएनएमा एकताको वातावरण बिथोलिएको छ।’

    अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीकै कारण आफूहरू पनि “हामी नै आधिकारिक हो” भन्दै हिँड्नुपर्ने अवस्था आएको बताए। उनले थपे, ‘हामी नै आधिकारिक हो भनेर हिँड्दा हिँड्दै डेढ महिना बितिसक्यो। अहिले पनि प्रस्ट रूपमा भन्न चाहन्छौं, एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिका लागि आधिकारिकताको पुष्टि गर्नु पर्ने विषय नै होइन र हामीलाई त्यो बाध्यता पनि छैन।’

    श्रेष्ठले केसी समूहमा रहेका हेमराज शर्माले सम्मानित अदालतका फैसलाहरूलाई आफू अनुकूल व्याख्या गर्दा अप्ठ्यारो परेको बताए। उनले स्पष्ट गर्दै भने, ‘अदालतको परमादेशअनुसार बनेको उच्चस्तरीय समितिले नेपाल सरकारका अधिकारीहरूको निगरानीमा सम्पन्न निर्वाचनबाट हामी निर्वाचित भएर आएका हौं। फैसला कार्यान्वयन गर्ने र व्याख्या गर्ने निकाय हुँदाहुँदै आफूखुसी, आफूलाई अनुकूल हुने हिसाबले व्याख्या गर्न खोज्दा नै एनआरएनएको एकता अप्ठ्यारोमा परेको हो।’

    अब एनसीसीहरूले पनि केसी पक्षलाई प्रश्न गर्नुपर्ने बेला आएको श्रेष्ठले उल्लेख गरे। उनले भने, ‘यदि केसी पक्षले आफूलाई आधिकारिक दाबी गरिरहेको छ भने अब एनसीसीहरूले लिखित रूपमा “हामी एकता महाधिवेशनद्वारा निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दछौं” भनेर सार्वजनिक रूपमा भन्न सक्नुपर्छ।’

    अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको कार्यसमितिले जहिल्यै अदालतको आदेश पालना गर्दै आएको प्रस्ट पारे। एनआरएन सम्बन्धी मुद्दा अहिले पनि अदालतमा रहेकाले त्यहाँबाट आउने फैसला आफूहरूले पूर्णरूपमा पालना गर्ने पनि बताए। ‘हामी पूर्ण इजलासबाट आउने फैसलाको सम्मान गर्छौं, तर अहिले हाम्रो कार्यसमितिलाई काम रोक्न न्यायालयबाट कुनै पनि अन्तरिम आदेश आएको छैन,’ श्रेष्ठको भनाइ छ।

    बालुवाटारको सचिवालय प्रयोग गर्न नसक्नु र एमआईएस सिस्टममा पहुँच नहुनुलाई कतिपयले आधिकारिकतासँग जोडेको विषयमा टिप्पणी गर्दै श्रेष्ठले भने, ‘एनआरएनए सामाजिक संस्था हो। हाम्रो उद्देश्य नै सबैलाई मिलाएर लैजानु पर्छ। त्यसमा धेरै झगडा गर्नु पर्ने विषय पनि होइन। त्यसै पनि एनआरएनए भनेको झगडियाहरूको संस्था भन्ने उपाधि पाइसकेका छौं, त्यसैले सचिवालयमा गएर अफिस लिँदा थप झगडा होला भनेर हामी त्यहाँ नगएका हौं, त्यसलाई कमजोरी नठानिओस्।’

    संघका महासचिव बी.आर. लामाले एनआरएनए अमेरिकाले एकताको पक्षमा गरेको पहलबाट संसारभर सकारात्मक सन्देश गएको बताए। गैर आवासीय नेपाली सम्बन्धी संशोधन विधेयकमा सरोकारवाला पक्षहरूसँग सुझाव पेस गर्न एक विज्ञ समूह चाँडै गठन गरिने जानकारी पनि दिए।

    एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नवराज सुवेदीको संयोजकत्व र उपाध्यक्ष अनिता परियारको सहसंयोजकत्वमा आयोजित उक्त कार्यक्रममा अमेरिकाका करिब ३५ वटा स्थानीय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

    कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसी लगायत एनआरएन अभियन्ताहरूले मन्तव्य व्यक्त गर्दै संस्थालाई एकजुट बनाएर लैजान सुझाव दिएका थिए।

    यसअघि गत शुक्रबार डा. अर्जुन बन्जाडे नेतृत्वको एनआरएनए एमसिसी अमेरिकाद्वारा मेरिल्यान्डको बाल्टिमोरमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा दुवै अध्यक्षले सहकार्य गरी दुवै संस्थालाई एक गराउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। यसै अनुरूप न्यूयोर्कको कार्यक्रममा अर्जुन बन्जाडे नेतृत्वको कार्यसमितिका महासचिव रामहरि अधिकारीको सहभागिता रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...