News Portal

  • जनकपुरका कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला, घटना शंकास्पद

    २३१ पटक

    धनुषा, असार १० – जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत फेला परेकी छिन्। विवाह भएको करिब ६ महिनामै उनी सोमबार राति धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित सुटिङ सेट नजिकै रहेको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको सूचना प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो र सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलबाट प्रहरीले सेटभित्र रहेका सबै प्रकारका डिभाइसहरू नियन्त्रणमा लिएको छ।

    पोष्टमार्टम रिपोर्ट प्राप्त नहुँदासम्म मृत्युको कारणबारे ठोस रुपमा केही भन्न नसकिने प्रहरीको भनाइ छ। यद्यपि प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिएको छ। अहिले प्रहरी अनुसन्धानको दायरा फराकिलो बनाउँदै घटनाका सबै पक्षहरूमाथि गहिरो छानबिन भइरहेको जानकारी प्राप्त भएको छ।

    कलाकार अभिनास झा र अँसा सदाबीच केही महिना अघि अन्तरजातीय विवाह भएको थियो। विवाहपछि दुबै जनाले विधिपूर्वक गृह प्रवेशसमेत गरेका थिए। तर विवाहको छोटो समयमा नै यस्तो घटनाले आफन्तजन र शुभचिन्तकहरू स्तब्ध बनेका छन्।

    घटनाको सम्पूर्ण यथार्थ पत्ता लगाउन प्रहरी जुटिरहेको छ भने पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै मृत्युबारे प्रस्ट जानकारी आउने जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...