News Portal

८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

२९० पटक

काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार प्रतिनिधि सभाको बैठकमा हालसम्म ८ सय ८५ जना नेपालीले नेपाल फर्कनका लागि नाम दर्ता गराएको जानकारी दिएकी छिन्।

सरकारले जुन १७ गतेदेखि अनलाइन पोर्टलमार्फत विवरण संकलनको प्रक्रिया थालेको र त्यस अभियानमा उल्लेख्य सहभागिता देखिएको मन्त्री राणाको भनाइ छ। युद्धग्रस्त क्षेत्र र त्यस आसपास रहेका नेपालीहरूको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनले स्पष्ट पारिन्।

‘अबको केही दिनभित्रै ‘श्रम संसार’ नामक नयाँ मोबाइल एप पनि ल्याउने तयारीमा छौं,’ मन्त्री राणाले संसदलाई जानकारी दिइन्, ‘यो एप ‘नागरिक एप’ सँग समन्वय गरेर सञ्चालन हुनेछ र विश्वभर रहेका नेपालीहरूको विवरण व्यवस्थापनमा उपयोगी हुनेछ।’

युद्ध सुरु भएदेखि नै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको उनले स्मरण गराइन्। सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्थाबारे अपडेट लिने काम भइरहेको मन्त्री राणाको भनाइ थियो।

‘१३ जुनदेखि नै हामीले प्रेस विज्ञप्ति निकालेर सावधानी अपनाउन भनेका थियौं,’ उनले भनिन्, ‘१५ जुनमा पनि विशेष प्रेस एड्भाइजरी जारी गरेर थप सतर्कता अपनाउन आग्रह गरिएको छ।’

यसैगरी, विदेशमा अवैधानिक रूपमा कार्यरत नेपालीहरूलाई वैधानिक बनाउनका लागि विशेष कार्यदल गठन गरेर काम अघि बढाइएको परराष्ट्रमन्त्री राणाको भनाइ थियो। इरानको हिरासतमा रहेका नेपालीलाई फिर्ता ल्याउन पनि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी उनले दिइन्।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...