News Portal

८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

२५९ पटक

काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार प्रतिनिधि सभाको बैठकमा हालसम्म ८ सय ८५ जना नेपालीले नेपाल फर्कनका लागि नाम दर्ता गराएको जानकारी दिएकी छिन्।

सरकारले जुन १७ गतेदेखि अनलाइन पोर्टलमार्फत विवरण संकलनको प्रक्रिया थालेको र त्यस अभियानमा उल्लेख्य सहभागिता देखिएको मन्त्री राणाको भनाइ छ। युद्धग्रस्त क्षेत्र र त्यस आसपास रहेका नेपालीहरूको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनले स्पष्ट पारिन्।

‘अबको केही दिनभित्रै ‘श्रम संसार’ नामक नयाँ मोबाइल एप पनि ल्याउने तयारीमा छौं,’ मन्त्री राणाले संसदलाई जानकारी दिइन्, ‘यो एप ‘नागरिक एप’ सँग समन्वय गरेर सञ्चालन हुनेछ र विश्वभर रहेका नेपालीहरूको विवरण व्यवस्थापनमा उपयोगी हुनेछ।’

युद्ध सुरु भएदेखि नै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको उनले स्मरण गराइन्। सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्थाबारे अपडेट लिने काम भइरहेको मन्त्री राणाको भनाइ थियो।

‘१३ जुनदेखि नै हामीले प्रेस विज्ञप्ति निकालेर सावधानी अपनाउन भनेका थियौं,’ उनले भनिन्, ‘१५ जुनमा पनि विशेष प्रेस एड्भाइजरी जारी गरेर थप सतर्कता अपनाउन आग्रह गरिएको छ।’

यसैगरी, विदेशमा अवैधानिक रूपमा कार्यरत नेपालीहरूलाई वैधानिक बनाउनका लागि विशेष कार्यदल गठन गरेर काम अघि बढाइएको परराष्ट्रमन्त्री राणाको भनाइ थियो। इरानको हिरासतमा रहेका नेपालीलाई फिर्ता ल्याउन पनि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी उनले दिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...