News Portal

क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

२७४ पटक

काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्। क्रोएसिया पठाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने ४२ वर्षीय सुवर्ण कुमार बल प्रहरीको नियन्त्रणमा आएका हुन्।

सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका बसोबास गर्दै आएका बललाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले विदेश पठाइदिने प्रलोभन देखाई एक व्यक्तिबाट ३ लाख ५० हजार रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका बललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...