News Portal

नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

२०७ पटक

चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र प्रहरी बल नेपालका जवानहरूले जीवितै उद्धार गरेका छन्। आइतबार दिउँसो करिब ४०/५० वर्ष उमेरका ती पुरुष नारायणी नदीको भेलसँगै बगिरहेको अवस्थामा देखिएपछि सशस्त्र प्रहरीले तत्काल उद्धार कार्य थालेको हो।

पुलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्टबाट खटिएको टोलीले सहायक निरीक्षक गंगाराज गोले लामाको नेतृत्वमा उद्धार कार्य सञ्चालन गरेको थियो। टोलीले जोखिम मोलेर ती पुरुषलाई नदीबाट बाहिर निकालेको सशस्त्र प्रहरी बल चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि तत्कालै उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ। प्रारम्भिक रिपोर्टअनुसार ती पुरुषको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। यद्यपि, उनको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

सशस्त्र प्रहरी बलले नारायणी नदी आसपासका क्षेत्रमा नियमित गस्ती तथा निगरानी गरिरहेको छ। उद्धारपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...