News Portal

नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

३०७ पटक

चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र प्रहरी बल नेपालका जवानहरूले जीवितै उद्धार गरेका छन्। आइतबार दिउँसो करिब ४०/५० वर्ष उमेरका ती पुरुष नारायणी नदीको भेलसँगै बगिरहेको अवस्थामा देखिएपछि सशस्त्र प्रहरीले तत्काल उद्धार कार्य थालेको हो।

पुलचोकस्थित सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्टबाट खटिएको टोलीले सहायक निरीक्षक गंगाराज गोले लामाको नेतृत्वमा उद्धार कार्य सञ्चालन गरेको थियो। टोलीले जोखिम मोलेर ती पुरुषलाई नदीबाट बाहिर निकालेको सशस्त्र प्रहरी बल चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि तत्कालै उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ। प्रारम्भिक रिपोर्टअनुसार ती पुरुषको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। यद्यपि, उनको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

सशस्त्र प्रहरी बलले नारायणी नदी आसपासका क्षेत्रमा नियमित गस्ती तथा निगरानी गरिरहेको छ। उद्धारपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...