News Portal

रास्वपा सभापति लामिछाने भैरहवा कारागारमा : गुनासो छैन, पुस्तक र पार्टीप्रतिको विश्वासमै समय बिताउँदै

४३४ पटक

भैरहवा, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले रुपन्देहीस्थित भैरहवा कारागारमा थुनामा छन्। पार्टीले सभापति लामिछाने थुनामा रहेकाले स्थापना दिवसलाई यस वर्ष विशेष समारोह नगरी सांकेतिक रूपमा मात्र मनाएको छ। विगतमा रंगीन र भव्य कार्यक्रम हुने रास्वपाको स्थापना दिवस यसपटक राजनीतिक सन्देश र आत्मसमीक्षामा केन्द्रित भएको छ।

भैरहवाको आवा रोडमा रहेको जिल्ला कारागारमा अहिले क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका छन्। २५० जनाको क्षमता रहेको यो कारागारमा हाल ५९४ जना कैदीबन्दी छन्। सोही कारागारमा चैत २५ गतेदेखि रवि लामिछाने पनि थुनामा छन्।

उनी कारागारभित्र छुट्टै ब्लकमा एक्लै बस्छन्। गर्मीका कारण असहज हुने टिनको छानामुनि एउटा पंखासहितको सामान्य सुविधा छ। प्रहरी स्रोतका अनुसार उनी बिहानै ५ बजे उठ्छन्, विस्तारा मिलाउँछन् र नित्यकर्म सकेपछि शारीरिक व्यायाम गर्छन्। त्यसपछि रेडियो सुन्ने र पुस्तक पढ्ने उनको दैनिकी बनेको छ।

बिहान १० बजेतिर अन्य कैदीहरूसँगै मेसमा सामान्य दाल, भात र तरकारी खाँदै गरेको देखिन्छ। कारागारमा बसेदेखि अहिलेसम्म उनले प्रशासनसँग कुनै गुनासो या असुविधा व्यक्त गरेका छैनन्। प्रहरी स्रोतका अनुसार कहिलेकाहीँ प्रशासनले स्वास्थ्य र अवस्थाबारे सोध्दा उनी सधैं मुस्कुराउँदै ‘सबै ठीक छ, मलाई केही चाहिँदैन’ भन्ने गर्छन्।

उनी कारागारमा बढी समय पुस्तक पढेर बिताउँछन्। नेपाली र अंग्रेजी पुस्तकप्रतिको रुचि उच्च देखिएको छ। कारागार प्रशासनका अनुसार, “उहाँको दैनिकी अरू कैदीसरह सामान्य भए पनि पढाइमा विशेष रुचि राख्नुहुन्छ।”

रवि लामिछानेलाई भेट्न हप्ताको सोमबार, बुधबार र शुक्रबार छुट्टै समय तोकिएको छ। भेटघाटका क्रममा पार्टीका नेताहरूसँग उनले आफू राजनीतिक प्रतिशोधको सिकार भएको बताउने गरेका छन्। तर न्यायप्रणालीप्रति आफ्नो दृढ विश्वास रहेको कुरा पनि उनी बारम्बार दोहोर्याउँछन्।

यसबीच, लामिछानेलाई काठमाडौं कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया रोकिएपछि उनी केही तनावमा रहेको रास्वपा स्रोतले जनाएको छ। काठमाडौं सरुवा प्रक्रिया अघि नबढ्दा असहजता भएको बताइएको छ।

सुप्रिम सहकारी काण्डमा रवि लामिछानेमाथि पूर्व डीआईजी छविलाल जोशीसँगै आरोप लागेको छ। उच्च अदालत तुलसीपुरको आदेशपछि उनी अहिले कारागारमा छन्। पत्नी निकिताले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन अस्वीकार भएपछि रास्वपाभित्र निराशा देखिएको छ।

आरम्भमा उनलाई भेट्न आउनेको भीड देखिए पनि हाल सचिवालय सदस्य र परिवारबाहेकको आगमन कम हुँदै गएको छ। कारागार प्रशासन भने लामिछानेको सुरक्षामा कुनै कमी नगर्ने बताउँदै उच्च सतर्कतामा रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...