News Portal

कैलालीमा सुत्केरी भाउजूको हत्या : सुनका मुन्द्राका लागि देवरको ज्यानमारा योजना

३३२ पटक

कैलाली, असार ८ – कैलाली जिल्लामा आफ्नै भाउजूमाथि निर्मम हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी भाउजूको हत्या गरी गहना लुटेको अभियोगमा २० वर्षीय नवीन नाथ पक्राउ परेका हुन्।

गत शुक्रबार बिहान १९ वर्षीया तुलसी नाथ आफ्नै घर नजिकै मृत फेला परेकी थिइन्। १६ दिन अघि मात्रै छोरालाई जन्म दिएकी उनी सुत्केरी अवस्थामै थिइन्। उनको अकाल मृत्युले गाउँ नै स्तब्ध बनाएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार घटनापछि प्रारम्भिक रूपमा प्राकृतिक दुर्घटना जस्तो देखिए पनि अनुसन्धान गहिरिँदै जाँदा हत्याकै घटना पुष्टि भएको हो।

डिएसपी चन्दका भनाइमा, घटनाको रात नवीन आफ्नी श्रीमती र बहिनीसँग एउटै कोठामा सुतेका थिए। उनीहरू निदाएको मौका छोपी नवीन भाउजूको कोठामा पसेका थिए र त्यहाँ उनको हत्या गरेपछि सुनका आठ वटा मुन्द्रा र गलाको पोते लुटेका थिए।

हत्या गरिसकेपछि नवीनले शवलाई करिब ८ सय मिटर पर लगेर झाडीमा फालेका थिए। उनले घटनालाई दुर्घटना जस्तो देखाउन खोजेका थिए। शवमा कुनै चोटपटक नदेखिएकाले सुरुमा परिवार र स्थानीयले सर्पदंश वा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका थिए।

तर, तुलसीका कानमा लगाएको गहना हराएको पत्ता लागेपछि प्रहरीलाई शंका लाग्यो। अनुसन्धानमा नवीन आफैं सक्रिय भएर प्रहरीसँगै घटनास्थलमा खटिएको देखिए पनि उनको व्यवहार र चालचलनप्रति प्रहरीले निगरानी बढाएको थियो।

अन्ततः प्रहरी अनुसन्धान र नवीनमा देखिएको अस्वाभाविक व्यवहारकै आधारमा सत्य बाहिर आयो। प्रहरीका अनुसार, उनले हत्या गरी गहना निकालेको र ती गहना घरबाहिर ढुंगाले च्यापेर लुकाएको समेत खुलेको छ।

नवीनका बुबा-आमा घटनाको बेला अछाममा थिए। घटना सुनेर उनीहरू घर फर्किएपछि पनि प्रहरीले अनुसन्धानलाई सावधानीपूर्वक अघि बढाएको थियो।

हत्या र लुटपाटका कारण अहिले गाउँमा स्तब्धता छाएको छ। मृतक तुलसीका श्रीमान् भारतमा रोजगारी गर्दै छन् भने नवीन केही महिना अघि भारतबाट बिरामी भएर मात्रै फर्किएका थिए। घर फर्किएपछि बेरोजगार रहेका नवीन भाउजूसँग खर्च माग्दै आएको खुलेको छ। पैसा नदिएको र वचन लगाएको भन्दै बदला लिन उनले हत्या योजना बनाएको खुलेको छ।

प्रहरीले नवीनविरुद्ध थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...