News Portal

  • कैलालीमा सुत्केरी भाउजूको हत्या : सुनका मुन्द्राका लागि देवरको ज्यानमारा योजना

    १८९ पटक

    कैलाली, असार ८ – कैलाली जिल्लामा आफ्नै भाउजूमाथि निर्मम हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी भाउजूको हत्या गरी गहना लुटेको अभियोगमा २० वर्षीय नवीन नाथ पक्राउ परेका हुन्।

    गत शुक्रबार बिहान १९ वर्षीया तुलसी नाथ आफ्नै घर नजिकै मृत फेला परेकी थिइन्। १६ दिन अघि मात्रै छोरालाई जन्म दिएकी उनी सुत्केरी अवस्थामै थिइन्। उनको अकाल मृत्युले गाउँ नै स्तब्ध बनाएको थियो।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दका अनुसार घटनापछि प्रारम्भिक रूपमा प्राकृतिक दुर्घटना जस्तो देखिए पनि अनुसन्धान गहिरिँदै जाँदा हत्याकै घटना पुष्टि भएको हो।

    डिएसपी चन्दका भनाइमा, घटनाको रात नवीन आफ्नी श्रीमती र बहिनीसँग एउटै कोठामा सुतेका थिए। उनीहरू निदाएको मौका छोपी नवीन भाउजूको कोठामा पसेका थिए र त्यहाँ उनको हत्या गरेपछि सुनका आठ वटा मुन्द्रा र गलाको पोते लुटेका थिए।

    हत्या गरिसकेपछि नवीनले शवलाई करिब ८ सय मिटर पर लगेर झाडीमा फालेका थिए। उनले घटनालाई दुर्घटना जस्तो देखाउन खोजेका थिए। शवमा कुनै चोटपटक नदेखिएकाले सुरुमा परिवार र स्थानीयले सर्पदंश वा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका थिए।

    तर, तुलसीका कानमा लगाएको गहना हराएको पत्ता लागेपछि प्रहरीलाई शंका लाग्यो। अनुसन्धानमा नवीन आफैं सक्रिय भएर प्रहरीसँगै घटनास्थलमा खटिएको देखिए पनि उनको व्यवहार र चालचलनप्रति प्रहरीले निगरानी बढाएको थियो।

    अन्ततः प्रहरी अनुसन्धान र नवीनमा देखिएको अस्वाभाविक व्यवहारकै आधारमा सत्य बाहिर आयो। प्रहरीका अनुसार, उनले हत्या गरी गहना निकालेको र ती गहना घरबाहिर ढुंगाले च्यापेर लुकाएको समेत खुलेको छ।

    नवीनका बुबा-आमा घटनाको बेला अछाममा थिए। घटना सुनेर उनीहरू घर फर्किएपछि पनि प्रहरीले अनुसन्धानलाई सावधानीपूर्वक अघि बढाएको थियो।

    हत्या र लुटपाटका कारण अहिले गाउँमा स्तब्धता छाएको छ। मृतक तुलसीका श्रीमान् भारतमा रोजगारी गर्दै छन् भने नवीन केही महिना अघि भारतबाट बिरामी भएर मात्रै फर्किएका थिए। घर फर्किएपछि बेरोजगार रहेका नवीन भाउजूसँग खर्च माग्दै आएको खुलेको छ। पैसा नदिएको र वचन लगाएको भन्दै बदला लिन उनले हत्या योजना बनाएको खुलेको छ।

    प्रहरीले नवीनविरुद्ध थप अनुसन्धान अगाडि बढाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...