News Portal

सामान्य विवादले हिंसात्मक रूप लिँदा चन्द्रागिरिमा चक्कु प्रहार

२४९ पटक

काठमाडौं, असार ८ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, गोदामचोकमा शनिबार राति चक्कु प्रहार भएको छ। स्थानीय ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार हुँदा उनी घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राति करिब १० बजेतिर विवादका क्रममा चक्कु प्रहार भएको हो। सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय महेश्वर लामालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा दुबैबीच सामान्य झगडा भएको र त्यसक्रममा महेश्वरले सुकबहादुरमाथि चक्कु प्रहार गरेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि घाइते सुकबहादुरलाई उपचारका लागि स्थानीय गोदाम स्वास्थ्य चौकीमा लगिएको छ। घाँटीतिर चोट लागेका उनले हालसम्म बोल्न सक्ने अवस्था रहेको प्रहरीको भनाइ छ।

यता, झगडाका क्रममा महेश्वर स्वयं पनि सामान्य घाइते भएका छन्। घटनाबारे विस्तृत छानबिन अघि बढाइएको र थप तथ्य संकलन गर्ने कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...