News Portal

एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

३८८ पटक

वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन्।

शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एनआरएनएको विश्वव्यापी सञ्जाल र यसले प्रवासी नेपालीहरूको हितमा पु¥याएको योगदानको प्रशंसा गरे।

राजदूत रेग्मीले एनआरएनएले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई सुदृढ गर्न खेलेको भूमिकाको कदर गर्दै अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले थप उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले नेपाली दूतावासको आतिथ्यताप्रति आभार प्रकट गर्दै एनआरएनएको हालै मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता र परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाबारे चर्चा गरेका थिए।

उनले भने, ‘हाम्रो उद्देश्य प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥याउनु हो।’ सो अवसरमा नेपाली समुदायका अगुवाहरू, एनआरएनएका पदाधिकारीहरू र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष श्रेष्ठले अमेरिकास्थित नेपाली समुदायलाई एकजुट भएर नेपालको विकासमा थप योगदान गर्न आह्वान गरे। नेपालको कूटनीतिक नियोग र एनआरएनएबीचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणामहरू ल्याउने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...