News Portal

  • त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    २५३ पटक

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ। थाइल्याण्डको बैंककबाट काठमाडौं आइपुगेकी एक भारतीय महिला १ किलो २६० ग्राम सुनसहित पक्राउ परेकी हुन्।

    भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले आगन्तुकको ब्यागेज पुनः जाँच गर्ने क्रममा उक्त परिमाणको सुन जस्तो देखिने पदार्थ बरामद गरेको हो।

    पक्राउ परेकी महिला भारतको नागरिक ३७ वर्षीया सुमित्रा देवी लक्ष्मण राम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। अर्ध तरल अवस्थामा राखिएको सो पदार्थ तीन वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको थियो।

    उक्त महिलालाई आवश्यक अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    नेपाल हुँदै तस्करी हुने सुनको श्रृंखला रोक्न सुरक्षा निकायले निगरानी कडा बनाए पनि तस्करहरुले नयाँ नयाँ तरिका अपनाउने गरेका छन्। यो पछिल्लो घटनाले पनि सुन तस्करीको चक्र अझै रोकिएको छैन भन्ने प्रमाणित गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...