News Portal

त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

४२२ पटक

काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ। थाइल्याण्डको बैंककबाट काठमाडौं आइपुगेकी एक भारतीय महिला १ किलो २६० ग्राम सुनसहित पक्राउ परेकी हुन्।

भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले आगन्तुकको ब्यागेज पुनः जाँच गर्ने क्रममा उक्त परिमाणको सुन जस्तो देखिने पदार्थ बरामद गरेको हो।

पक्राउ परेकी महिला भारतको नागरिक ३७ वर्षीया सुमित्रा देवी लक्ष्मण राम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। अर्ध तरल अवस्थामा राखिएको सो पदार्थ तीन वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको थियो।

उक्त महिलालाई आवश्यक अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नेपाल हुँदै तस्करी हुने सुनको श्रृंखला रोक्न सुरक्षा निकायले निगरानी कडा बनाए पनि तस्करहरुले नयाँ नयाँ तरिका अपनाउने गरेका छन्। यो पछिल्लो घटनाले पनि सुन तस्करीको चक्र अझै रोकिएको छैन भन्ने प्रमाणित गरेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...