News Portal

गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

२६६ पटक

महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुख रेणुकुमारी महतोबीचको लामो समयदेखिको मतभेद मंगलबार चरममा पुगेपछि उपप्रमुख महतो कार्यालय प्रवेश गर्न नपाएर गेटबाहिर बस्न बाध्य भएकी छन्।

नगरप्रमुख महतोको आदेशमा नगर प्रहरीले कार्यालयको मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेको छ। नियमित कामकाजका लागि कार्यालय पुगेकी उपप्रमुख महतो गेटमै रोकिएकी हुन्। गेटमा ताला लगाइए पनि नगर प्रहरीहरू भने दृश्यमा देखिएनन्।

उपप्रमुख महतोले नगरप्रमुखकै निर्देशनमा आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको बताउँदै आपत्ति जनाएकी छिन्। “म जनताबाट निर्वाचित भएर आएको प्रतिनिधि हुँ, तर यहाँ गुण्डागर्दी शैलीमा मलाई रोकिएको छ,” उनले गेटबाहिर पत्रकारहरूसँग भनिन्।

स्थानीयवासीहरू यो विवादप्रति आक्रोशित देखिएका छन्। उनीहरूले जनप्रतिनिधिहरूको व्यक्तिगत विवादले नगरपालिकाको कामकाज अवरुद्ध हुँदा नगरको विकास गतिविधि प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...