News Portal

सुनवर्षीमा सवारी दुर्घटना: नविनको मृत्यु

रबिन्द्र बराल
१६६ पटक

मोरङ, जेठ २३ — सुनवर्षी नगरपालिका–९, मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकिएको को.१त. ११०५ नम्बरको ट्र्याक्टरको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको अन्दाजी २० वर्षीय नविन कुमार पौदार गम्भीर घाइते भए। उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

सोही मोटरसाइकलको पछाडि सवार भारत, अररिया जिल्लाको आँपगाछी पंचायत–७, कोहारा निवासी अन्दाजी १९ वर्षीय पप्पु कुमार बहरदारको दुबै हातमा चोट लागेको र उनको उपचार रंगेली अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...